close

एनसेलको नयाँ वर्ष अफर, ४९९ रुपैयाँमा २० जीबी डेटा

टेकपाना टेकपाना

चैत ३१, २०७७ १७:४

एनसेलको नयाँ वर्ष अफर, ४९९ रुपैयाँमा २० जीबी डेटा

काठमाडौं । एनसेलले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै डेटा प्याक खरिदमा बोनसस्वरुप डबल डेटा भोल्युम र हरेक रिचार्जमा बोनस डेटा भोल्युम उपलब्ध गराउने भएको छ ।

कम्पनीले यस आर्कषक डेटा योजनाअन्तर्गत डेटा प्याकको खरिदमा उही शुल्कमा डबल डेटा भोल्युम उपलब्ध गराउने छ ।

याे अफरअन्तर्गत ५० रुपैयाँभन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा भोल्युमसमेत उपलब्ध हुने छ । यो योजनाअन्तर्गत डबल डेटा भोल्युम डेटा सापटी सेवामा पनि लागू हुनेछ ।

ग्राहकलाई अझै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्दै कम्पनीले यो आकर्षक योजना मंगलबारदेखि सञ्चालनमा ल्याएको हो ।

डबल डेटा योजनाअन्तर्गत ग्राहकले ३० दिनदेखि १ दिनसम्मका विभिन्न डेटा प्याकमा पुरानै शुल्कमा डबल डेटा भोल्युमको फाइदा लिन सक्नेछन् ।

यो आकर्षक योजनाअन्तर्गत ग्राहकले ४ सय ९९ रुपैयाँमै ३० दिन समयसीमा रहेको १० जीबी डेटा प्याक खरिद गर्न सकिने छ । जसमा थप १० जीबी डेटा बोनसस्वरुप प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकले यो योजनाअन्तर्गत ४ सय ९९ रुपैयाँमा २० जीबी (१० जीबी प्लस १० जीबी) डेटाको मज्जा लिन सक्छन् ।

बोनस डेटा पनि ३० दिनको लागि मान्य रहने छ । त्यस्तै १ सय ३९ रुपैयाँमा १४ दिन समयसीमा रहेको २ जीबी डेटा प्याकको खरिदमा ग्राहकले ४ जीबी डेटा भोल्युम (२ जीबी प्लस २ जीबी) को फाइदा लिन सक्छन् ।

त्यस्तै ३ दिन समयसीमा रहेको ४०० एमबी डेटा प्याक र १ दिनको समयसीमा रहेको १५० एमबी डेटा प्याकमा पनि डबल डेटा भोल्युम योजनाअन्तर्गत ग्राहकले ४२ रुपैयाँमा ८०० एमबी डेटा भोल्युम (४०० एमबी प्लस ४०० एमबी) तथा १८ मा ३०० एमबी (१५० एमबी प्लस १५० एमबी) डेटाको फाइदा लिन सक्छन् ।

१ दिनको समयसीमा रहेको १५० एमबी डेटा प्याकको हकमा ग्राहकले यो प्याक एनसेलको एप, वेबसाइट तथा च्याटबोट आदि डिजिटल माध्यमबाट खरिद गरेको भएमा मात्र योजनाअन्तर्गतको बोनस डेटा प्राप्त गर्नेछन् ।

यसका साथै डेटा सापटी सेवाअन्तर्गत ४० रुपैयाँमा ३०० एमबी डेटा खरिद गर्दा यो योजनामा ग्राहकले उही शुल्कमा ६०० एमबी डेटाको मज्जा लिन सकिनेछ ।

यति मात्र नभएर कम्पनीले नयाँ वर्षको यो योजनाअन्तर्गत ५० वा सोभन्दा माथि हरेक रिचार्जमा उपहारस्वरुप बोनस डेटा प्राप्त गर्नेछन् ।

५० रुपैयाँदेखि ९९ रुपैयाँको रिचार्जमा ग्राहकले यस योजनाको अवधिभर ५० एमबी बोनस डेटा प्राप्त गर्नेछ । बोनस डेटा १ दिनको लागि मान्य रहने छ ।

त्यसैगरी १०० देखि १ सय ९९ रुपैयाँ, २ सयदेखि २ सय ९९ रुपैयाँ, ३ सय देखि ४ सय ९९ सम्मको रिचार्जमा ग्राहकले क्रमशः १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी ५ सयदेखि ९ सय ९९ को रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा १००० वा सो भन्दा बढीको रिचार्जमा ग्राहकले १००० एमबी डेटा यो योजनाअन्तर्गत बोनसस्वरुप प्राप्त गर्नेछन् ।

नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकका लागि उही शुल्कमा डबल डेटा भोल्युम प्रदान गर्न पाएकोमा निकै खुसी रहेको कम्पनीले जनाएको छ ।

ग्राहकले *१७१२३# डायल गरी वा *१७१२३*७८# डायल गरी आफ्नो आवश्यकताअनुसारको डेटा प्याक खरिद गर्न सक्नेछन् । यो योजना वैशाख १४ सम्म सञ्चालनमा रहने कम्पनीले बताएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१