close

स्वदेशमै केही गर्न चाहने नेपालीलाई परामर्श दिन ब्यालेन्स ग्रुपको निःशुल्क टोलफ्री

टेकपाना टेकपाना

बैशाख १, २०७८ १३:२

स्वदेशमै केही गर्न चाहने नेपालीलाई परामर्श दिन ब्यालेन्स ग्रुपको निःशुल्क टोलफ्री

काठमाडौं । देशमै केही गर्ने चाहेर देश फर्किने नेपाली युवाहरुको सहयोगका लागि ब्यालेन्स ग्रुप अफ कम्पनीले ‘ब्यालेन्स रिटर्नी हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ । उक्त हेल्प डेस्कबाट कम्पनीले विदेशबाट फर्किएका युवाहरुलाई देशकै माटो सुहाउँदो विभिन्न किसिमका व्यवसाय तथा स्टार्टअपबारे परामर्श सेवा प्रदान गर्नेछ । 

हेल्प डेस्कमा जोडिएर परामर्श सेवा लिन चाहने युवाहरुका लागि कम्पनीले निःशूल्क टोल फ्री नम्बर १६६० ०१ ७८५५५ नम्बर जारी गरेको हो । देशमै केही गर्ने सोच बनाएर विदेशबाट फर्किरहेका वा फर्किने योजनामा रहेका युवाहरुका लागि ब्यालेन्स रिटर्नी हेल्प डेस्कले वैकल्पिक मार्ग देखाउनुका साथै व्यवसाय सुरु गर्न आवश्यक प्रक्रिया, कागजात लगायत सम्पूर्ण जानकारी समेत प्रदान गर्ने कम्पनीका सीईओ तथा सहसंस्थापक मनोज पन्थीले बताए ।  

‘देशमा फर्किँदा पनि के गर्ने, कसरी गर्ने, कहाँबाट सुरु गर्ने यी सबै कुरामा युवाहरुलाई दुविधा हुन्छ । तर हेल्प डेस्कमार्फत उपयोगी समाधानका उपायहरु दिएर त्यस किसिमका दुविधा हटाउन सहयोग गर्छौं,’ पन्थी भन्छन् । 

हेल्प डेस्कको सेवालाई प्रभावकारी बनाउन ब्यालेन्स ग्रुप अफ कम्पनीले हालसम्म विभिन्न संघ संस्था तथा नेपाल सरकारका स्थानीय तथा केन्द्रीय तहमा सहकार्यका लागि आधिकारिक सम्झौता सम्पन्न गरिसकेको छ । यसबाहेक ओमनको एनआरएनसँग पनि कम्पनीले एमओयूमा हस्ताक्षर गरिसकेको छ । 

सेवाग्राहीले जुनसुकै व्यवसाय गर्न चाहे पनि कम्पनीले हेल्पडेस्कमार्फत व्यवसायको रणनीति विकास तथा सम्बन्ध विस्तार, कानुनी, लेखा तथा वित्तीय, आईटी सेवा, मार्केटिङ तथा ब्राण्डिङ, मानव संसाधन व्यवस्थापन, अनुसन्धान तथा विकास सम्बन्धि परामर्श सेवा प्रदान गर्नेछ । 

टोल फ्री नम्बर मार्फत सेवा लिन चाहानेहरुका लागि कम्पनीले आवश्यक परेको खण्डमा १० प्रतिशतसम्म छूट प्रदान गर्ने बताएको छ । ग्रुपको सेवा लिन चाहनेहरुले  यहाँ क्लिक  गरी फाराम भर्न सक्ने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१