close

बिटक्वाइनको मूल्य ६४ हजार डलर नाघ्यो, अझै बढ्ने अनुमान

टेकपाना टेकपाना

बैशाख १, २०७८ १८:२०

बिटक्वाइनको मूल्य ६४ हजार डलर नाघ्यो, अझै बढ्ने अनुमान

काठमाडौं । बुधबाट बिटक्वाइनको ६४ हजार डलरको मूल्य हासिल गरेको छ । एसिया ट्रेडिङमा १.६ प्रतिशतले बढेर यो ६४,२०७ डलर पुगेको छ ।

बिटक्वाइनलाई स्वीकार गर्ने कम्पनीहरुको संख्या बढ्दै गएपछि क्रिप्टो करेन्सीकाे मूल्य पनि आकाशिएको हो ।

विश्लेषकहरुले आगामी महिनासम्ममा यसको मूल्य ७० हजार डलर पुग्ने आंकलन गरेका छन् । 

तर केही विश्लेषकहरुले प्राइस चार्टमा ब्रेकआउटको पुष्टिका लागि समय कुर्न सुझाव दिएको अवस्थामा अहिले नै मूल्य वृद्धिलाई लिएर पूर्णरुपमा ढुक्क हुने वातावरण नभएकाे तर्क गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१