close

विदेशमा नेपाल टेलिकम र एनसेलको डेटा रोमिङ सेवा लिन यसो गर्नुहोस्

टेकपाना टेकपाना

बैशाख १, २०७८ २०:२०

विदेशमा नेपाल टेलिकम र एनसेलको डेटा रोमिङ सेवा लिन यसो गर्नुहोस्

काठमाडौं । दूरसञ्चार सेवा प्रयोगकर्ताहरुले धेरै सुन्दै आइरहने शब्द हो डेटा रोमिङ । यो अप्सन कतिपय मोबाइलमा पनि हुन्छ । आज हामी तपाईंलाई डेटा रोमिङका बारेमा विस्तृतरुपमा बताउने छौं ।

तपाईंले प्रयोग गर्ने सिमकार्ड वा मोबाइल नेटवर्क सेवाप्रदायक कम्पनीको एउटा निश्चित कभरेज रेन्ज हुन्छ । जब तपाईं यात्राको क्रममा यी कभरेज रेन्जभन्दा बााहिर जानुहुन्छ, तब तपाईं रोमिङ एरियामा पुग्नुहुन्छ । 

तब तपाईंको सबै सेवा शुल्कमा अतिरिक्त शुल्क थपिन थाल्छ, कल, एसएमएस शुल्क महङ्गो हुन्छ र डेटा पनि धेरै खपत हुन थाल्छ । यस्तो बेला तपाईंले डेटा रोमिङ अन गर्नु पर्दछ । 

आफ्नो मोबाइलको सेटिङ एपबाट मोबाइल एण्ड सिमकार्ड अप्सन हुँदै तल रहेको डेटा रोमिङमा क्लिक गर्नुपर्छ । तर तपाईंले डेटा रोमिङलाई सधै इनेबल गर्नुहुँदैन । आफ्नो अपरेटरको कभरेज एरियाभन्दा बाहिर अर्थात् देश वा राज्यबाहिर पुगेको अवस्थामा मात्र यसलाई इनेबल गर्नुपर्छ । 

सिम रोमिङमा नभएको अवस्थामा यसलाई डिसेबल गर्नुवपर्छ । डेटा रोमिङमा भएको बेला तपाईंले डेटा लिमिट पनि सेट गर्न सक्नुहुन्छ ।

नेपाल टेलिकमको सिमबाट अहिले १४ वटा मुलुकमा डेटा रोमिङको सुविधा लिन सकिन्छ । यस्तै एनसेलले भने १० भन्दा धेरै मुलुकमा यी सुविधा प्रदान गर्दै आइरहेको छ । 

एनटीसीमा डेटा रोमिङ प्याक सेवा लिन  *1415*7# टाइप गर्नुपर्छ । यस्तै एनसेल सिममा  *17129# टाइप गर्नुपर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१