close

साओमीको नयाँ चश्मा, जसले गर्नेछ फोटोथेरापी र मष्तिस्कसम्बन्धी रोगको उपचार

टेकपाना टेकपाना

बैशाख १, २०७८ २१:५४

साओमीको नयाँ चश्मा, जसले गर्नेछ फोटोथेरापी र मष्तिस्कसम्बन्धी रोगको उपचार

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले स्मार्ट ग्लास निमार्ण गर्ने भएको छ । त्यसका लागि कम्पनीले प्याटेन्ट दर्ता गराएको छ ।

उक्त स्मार्ट ग्लासमा फोरडी (4D) डिटेक्सन र मेडिकलसँग सम्बन्धित सिग्नल पनि उपलब्ध हुनेछ । नयाँ फिचरले फोटाेथेरापीका साथै मस्तिष्कमा हुनसक्ने रोगको उपचार गर्नेदेखि मान्छेको दिमागी सन्तुलनको अवस्थाबारे पनि जानकारी दिनेछ ।

Xiaomi, Redmi, Smart Glass, Google Glass, Snapchat spectacles,

त्यस्तै, डिप्रेसन, चिन्ता, आँखाको थकान लगायतका विषयमा जानकारी दिनेछ । साथै अल्ट्राभाइलेन्ट, इन्फियर्ड, लेजर, भिजिवल लाइट सिंग्नल लगायतका फिचर पनि यसमा उपलब्ध हुनेछ ।

यसका साथै ग्लासले साउण्ड सिग्नल समेत पठाउन सक्ने उल्लेख गरिएकाे छ । हाल उक्त ग्लासको प्याटेन्टमात्रै दर्ता भएकाले थप जानकारी भने उपलब्ध छैन । यो ग्लास कम्पनीले कहिले सार्वजनिक गर्नेछ र यसको बजार मूल्य कति हुनेछ भन्ने विषयमा कुनै जानकारी उपलब्ध छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१