close

आठ महिनामा चार गुणाले बढ्यो क्यूआर भुक्तानी

टेकपाना टेकपाना

बैशाख ३, २०७८ १०:३१

आठ महिनामा चार गुणाले बढ्यो क्यूआर भुक्तानी

काठमाडाैं । पछिल्लो आठ महिनामा क्यूआर कोडमार्फत हुने भुक्तानी र कारोबार चार गुणाले बढेको छ । राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन महिनामा मात्रै क्वीआर कोडमार्फत ६ लाख ३५ हजार भन्दा बढी पटक कारोबार भएको छ ।

फागुनमा मात्रै क्यूआर कोडमार्फत २ अर्ब ५५ करोड बराबरको कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकले यो आर्थिक वर्षको साउन महिनादेखि क्यूआर कोडमार्फत हुने कारोबारको तथ्यांक सार्वजनिक गर्न सुरु गरेको थियो ।

साउनको तथ्यांकलाई हेर्ने हो भने फागुनमा भएको कारोबार चार गुणाले बढी हो । राष्ट्र बैंकको तथ्यांक अनुसार साउन महिनामा क्यूआर कोडमार्फत १ लाख ९५ हजार पटक कारोबार भएको थियो । साउन महिनामा ५८ करोड ९० लाख बराबरको कारोबार भएको थियो ।

पछिल्लो समय राष्ट्र बैंक र बैंकहरुले पनि क्यूआर कोडमार्फत हुने भुक्तानीलाई प्रवद्र्धन गरिरहेका छन् । विभिन्न बैंकहरुले देशभरका विभिन्न तरकारी पसलदेखि साना बजारहरुमा क्यूआर कोडमार्फत भुक्तानीको लागि प्रोत्साहन गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१