close

अब जुनसुकै टिभीलाई स्मार्ट बनाउन सकिने, साओमीले ल्यायो टिभी स्टिक

टेकपाना टेकपाना

बैशाख ३, २०७८ १२:२१

अब जुनसुकै टिभीलाई स्मार्ट बनाउन सकिने, साओमीले ल्यायो टिभी स्टिक

काठमाडौं । साओमीले नेपाली बजारमा एमआई टिभी स्टिक सार्वजनिक गरेको छ । जुनसुकै टिभीलाई स्मार्ट टिभीमा रुपान्तरण गर्न सकिने यो स्टिकमा एन्ड्रोइड टिभी ९.० प्रयोग गरिएको छ । टिभी स्टिकले गुगल प्ले मार्फत ५ हजारभन्दा बढी एप्स र गेम्स प्रदान गर्ने कम्पनीले जनाएको छ ।

आकर्षक डिजाइनसहितको यो टिभी एमआई टिभी स्टिक हलुका (२८.५ ग्राम, ९२.४ गुणा ३०.४ मिलिमिटर) छ । म प्रयोगकर्ताहरुले कुनै पनि टिभी यसमा कनेक्ट गराई हजारौँ घण्टाको कन्टेन्ट हेर्न सक्नेछन ।

यसमार्फत सिनेमाको जस्तो अनूभवको लागि डोल्बी र डीटिएस अडियो प्रविधि प्रयोग गरिएको छ । यसमा क्वाड–कोर प्रोसेसर सहितको १ जीबी र्याम र ८ जीबी को इन्टरनल स्टोरेज उपलब्ध छ ।

‘हामी मनोरन्जनलाई तपाईको बैठक कोठामा केन्द्रित गरिरहेका छौं,’ साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘त्यहि अनुरुप यो नयाँ उत्पादन थप गरिएको हो । जसले केवल सामाग्रीमा पहुँच प्रदान नगरी नन–स्मार्ट टिभी सेटहरुमा स्ट्रिमिङलाई अझ सुविधाजनक बनाउने छ ।’

नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी प्लस हटस्टार, हंगामा प्ले, जी फाइभ, आह मनोरन्जन जस्ता लोकप्रिय ओटीटी प्लेयरको पहुँच पनि यसले प्रदान गर्ने साओमीले जनाएको छ । एमआई टिभी स्टिकमा नेटफ्लिक्स र प्राइम भिडियोको लागि बटनहरुको साथ ब्लुटुथ रिमोट पनि उपलब्ध छ ।

जसले गर्दा हजारौं फ्लिम र शो एक क्लिक मै हेर्न सकिने दाबी कम्पनीको छ । यसमा रहेको गुगल सहायकमार्फत द प्रयोगकर्ताले आफ्नै सहजै मनपर्ने सामाग्री खोजी गर्न सक्नेछन । डेटा सेभरसमेत राखिएकोले तीन गुणा बढी सामग्री स्ट्रिमिङ्ग गर्न सक्ने सुविधा प्रदान गर्नुका साथै डेटा प्रयोगको ट्रयाक समेत उपलब्ध छ ।

बुधबारदेखि अनलाइन र अफलाइन स्टोेरहरुमा उपलब्ध यो ग्याजेटको मुल्य रु. ५,९९९ निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१