close

यस्तो हुनेछ नयाँ आईफोन, क्यामेरा र सेन्सरमा व्यापक परिवर्तन

टेकपाना टेकपाना

बैशाख ३, २०७८ १४:१४

यस्तो हुनेछ नयाँ आईफोन, क्यामेरा र सेन्सरमा व्यापक परिवर्तन

काठमाडौं । सन् २०२२ मा सार्वजनिक हुने आईफोन लाइनअपको क्यामेरा सिस्टममा व्यापक परिवर्तन देखिने विश्लेषक मिङ ची क्योले बताएका छन् । उनका अनुसार आईफोनको हाई इण्ड मोडल विशेषगरी प्रो रेन्जको प्राइमेरी सेन्सरमा ४८ मेगापिक्सेलको क्यामेरा देख्न सकिनेछ ।

उनका अनुसार सन् २०२३ मा सार्वजनिक हुने आईफोनमा भने स्क्रिनको तलतिर फेस आईडी सेन्सर हुनेछ, जसले स्क्रिनको नोचमा हुने सेन्सरलाई विस्थापित गर्नेछ । एन्ड्रोइड फोनका लागि ४८ मेगापिक्सलको क्यामेरा नयाँ कुरा होइन ।

एन्ड्रोइड फोनमा वर्षौंदेखि ४८ मेगापिक्सेल सेन्सर प्रयोगमा छन् । तर आईफोनको सेन्सर अहिलेसम्मकै ठूलो हुने बताइएको छ । क्युका अनुसार अब आउने आईफोनमा १/१.३ इन्चसहितको १.२५ माइक्रो मिटरको पिक्सल हुनेछ ।

यसअघि आईफोन १२ प्रो म्याक्समा १.७ माइक्रो मिटरको मात्र पिक्सल साइज थियो । क्युका अनुसार १२ मेगापिक्सल तस्वीरका लागि सेन्सर प्रयोग हुँदा अबको आईफोनमा २.५ माइक्रो मिटरको पिक्सल साइज प्रयोग हुनेछ ।

साथै ती फोनमा एट के भिडियोका लागि हाई रेज्युलेसन सेन्सरहरु पनि आउने उनको अनुमान छ । यसबाहेक २०२२ बाट कम्पनीले आईफोनको साना स्क्रिन साइज अप्सनलाई घटाउने क्यु बताउँछन् ।

एप्पलले अब ५.४ इन्चका मिनी मोडललाई पूर्णरुपमा विस्थापित गरेर अब एप्पल ६.१ र ६.७ स्क्रिन साइज अप्सनमै अडिनेछ । एप्पलको अपेक्षाअनुसार सानो मोडल बिक्री नभएका कारण कम्पनीले यसलाई हटाउन लागेको हो । तर सन् २०२१ को लाइनअपमा भने यो मोडल पनि रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१