close

ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा लागेको प्रतिबन्ध अझै कायम

टेकपाना टेकपाना

बैशाख ४, २०७८ १२:९

ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा लागेको प्रतिबन्ध अझै कायम

काठमाडौं । फेसबुकको निरीक्षण बोर्डले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा लगाएको प्रतिबध खुलाउने विषयमा तत्काल कुनै निर्णय नलिने भएको छ । फेसबुकले गत जनवरीदेखि ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाएको छ ।

बोर्डले ९ हजार पब्लिक केशको अध्ययन गर्नुपर्ने भएकाले तत्कालै प्रतिबन्ध खुलाउने अथवा थप प्रतिबन्ध लगाउने विषयमा निर्णय हुन नसकेको बताएको छ ।

फेसबुकको निरीक्षण बोर्डले ट्वीटरमार्फत यस विषयमा जानकारी दिएको हो । बोर्डका अनुसार यो विषयमा आगामी साता निर्णय हुनेछ । फेसबुकले गरेका विवादास्पद निर्णयको विषयमा अध्ययन गर्नका लागि फेसबुकले निरीक्षण बोर्ड बनाएकाे हो ।

यदि यो विषयमा आगामी हप्ता निर्णय भएको खण्डमा बोर्डको आजसम्मकै ठूलो निर्णयसमेत हुने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१