close

पब्जी मोबाइल च्याम्पियनशिपका लागि रजिस्ट्रेशन सुरु

टेकपाना टेकपाना

बैशाख ५, २०७८ १४:७

पब्जी मोबाइल च्याम्पियनशिपका लागि रजिस्ट्रेशन सुरु

काठमाडौं । पब्जी मोबाइल च्याम्पियनशिप २०२१ का लागि रजिस्ट्रेशन सुरु भएको छ । नेपालकै ठूलो पब्जी मोबाइल च्याम्पियनशिपको रूपमा आयोजना हुन लागेको यो प्रतियोगितामा ६ सयभन्दा बढी टिमकाे आवेदन पर्ने अनुमान गरिएको छ ।

यो च्याम्पियनशिपको प्रायोजन टिभीएस मोटर कम्पनीले गरेको छ । टीभीएस मोटर कम्पनीको ब्लुटुथ जडित स्कुटर टीभीएस एनटर्क १२५ को ट्यागलाइन ‘प्ले स्मार्ट’ नारा सहित याे च्याम्पियशिप हुनेछ ।

च्याम्पियनशिपका लागि २५ स्ट्रिमिङ च्यानल र १६ स्ट्रिमरको सहभागिता हुने अपेक्षा गरिएको छ, जसमा लोकप्रिय एनटिटी जस्तै फोरके गेमिङ नेपाल, एसके फोर नाइन, मिस्टर ह्योजु समावेश छन् ।

कम्पनीका अनुसार तीन भाग्यशाली विजेताहरुले टीभीएस एनटर्क १२५ सुपरक्वाड एडिशन स्कुटर जित्ने मौका पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१