close

फेसबुकका पोष्ट र नोट अब गुगल डक्समा ट्रान्सफर गर्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

बैशाख ७, २०७८ ११:५५

फेसबुकका पोष्ट र नोट अब गुगल डक्समा ट्रान्सफर गर्न सकिने, यस्तो छ तरिका

काठमाडौं । फेसबुकले डेटा प्रोट्याबिलिटी अन्तर्गत थप नयाँ सुविधा प्रयोगकर्तालाई उपलब्ध गराएको छ । प्रयोगकर्ताले सहज रुपमा आफ्नो डेटालाई व्यवस्थित गर्न सकुन् भन्ने उद्देश्यका साथ फेसबुकमा गरिएका पोष्ट तथा नोटलाई सोझै गुगल डक्स, वर्डप्रेस, ब्लगरमा ट्रान्सफर गर्न सकिने सुविधा ल्याएको हो ।

यसअघि कम्पनीले यो फिचर फोटाेको हकमा भने उपलब्ध गराउँदै आएको थियो । प्रयोगकर्ताले आफ्नो फेसबुकमा भएको फोटोलाई गुगल फोटोमा लगी सेभ गर्न मिल्ने सुविधा कम्पनीले यसअघि नै उपलब्ध गराइसकेको हो । उक्त फिचरमा प्रयोगकर्ताको आकर्षणलाई लिएर कम्पनीले नयाँ सुविधा थप गरेको जनाएको छ ।

‘हाम्रो पाटनर सर्भिससँग डेटा ट्रान्सफर गरी आफ्नो डेटालाई सुरक्षित गर्न सकुन् भन्ने उद्देश्यले यो नयाँ सुविधा उपलब्ध गराइएको हो,’ फेसबुकका प्राइभेसी तथा पब्लिक पोलिसीका प्रमुख स्टिभ स्याटरफिल्डले भने, ‘यो टुल निमार्ण गर्दा प्रयोगकर्ताको प्राइभेसी र सुरक्षालाई ध्यानमा राखी तयार पारिएको छ ।’

त्यसैले पनि डेटा ट्रान्सफर गर्नुअघि प्रयोगकर्ताले एक पटक पुनः फेसबुकको पासवर्ड प्रयोग गर्नुपर्ने प्रावधान फेसबुकले राखेको छ ।

पोष्ट तथा नोट कसरी ट्रान्सफर गर्ने ?

फेसबुकले यो फिचर फेसबुकको सेटिङमा उपलब्ध गराएको छ । त्यसका लागि सुरुमा फेसबुकको ‘सेटिङ एण्ड प्राइभेसी’ मा क्लिक गर्नुहोस् । त्यति गरेसँगै त्यहाँ पुनः छुट्टै ‘सेटिङ’ भन्ने अप्सन देखापर्छ । उक्त सेटिङमा क्लिक गर्नुहोस् ।

अब त्यहाँ विभिन्न विकल्पहरु देखा पर्नेछन् । त्यसमध्ये ‘योर फेसबुक इन्फरमेसन’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ पनि तपाईंले विभिन्न विकल्प देख्नुहुनेछ । त्यसमध्ये ‘ट्रान्सफर अ कपी अफ योर इन्फरमेसन’ भन्ने अप्सन रहेको छ ।

उक्त अप्सनमा क्लिक गर्दा त्यहाँ तपाईंलाई फोटो, भिडियो, पोस्ट, नोट लगायतका अप्सनहरु रहेका छन् । त्यसमध्ये फोटो र भिडियो यसअघि नै उपलब्ध भइसकेका फिचर हुन् । भने, पोस्ट र नोट नयाँ फिचर हो ।

तपाईं पोस्ट अथवा नोट कुन गुगल डक्स, वर्डप्रेस, ब्लगरमा ट्रान्सफर गर्न चाहनुहुन्छ, त्यसमध्ये एउटामा क्लिक गरी कहाँ ट्रान्सफर गर्ने हो छनोट गरी फाइल ट्रान्सफर गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१