close

मास्टरकार्डले एक खर्बमा किन्याे एकता कम्पनी

टेकपाना टेकपाना

बैशाख ७, २०७८ १२:४१

मास्टरकार्डले एक खर्बमा किन्याे एकता कम्पनी

काठमाडौं । मास्टरकार्डले ८५ करोड डलर (एक खर्ब रूपैयाँभन्दा बढी) मूल्यमा एकता कम्पनीलाई अधिग्रहण गरेको छ । एकताको प्रविधि प्रयोग गरी आफ्नो आईडेन्टिटी भेरिफिकेसन प्रविधिलाई बलियो बनाउन मास्टरकार्डले पछिल्लो अधिग्रहण गरेको हो ।

आजको समयमा एकताको एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस अर्थात् एपीआई र टुलहरुलाई विभिन्न मर्चेन्ट, मार्केटप्लेस र वित्तीय कम्पनीहरुले प्रयोग गर्दछन् । एकताको प्लेटफर्मले आर्टिफिशियल इन्टेलिजेन्स प्रदान गर्दछ, जसले रिस्क स्कोरिङ, इन्डिकेटर्स तथा डेटा एट्रिब्युट्सलाई बढाउँछ ।

नयाँ अधिग्रहणपछि मास्टरकार्डको डिजिटल आईडेन्टिटी तथा सुरक्षा फ्रेमवर्क पनि बलियो हुने अपेक्षा गरिएको छ । एकताले ठगी रोक्न आईडेन्टिटी फेरिफिकेसन सेवाहरु समेत प्रदान गर्दछ ।

कारोबार जोखिम, अकाउन्ट ओपनिङ, मर्चेन्ट अनबोर्डिङ, रिस्क, फोन इन्टेलिजेन्स तथा फोन, ईमेल तथा ठेगानाबाट आईडेन्टिटी चेक गर्नेजस्ता कामहरु एकताको एपीआईले गर्दछ ।

म्यानुअल अप्रुभलहरुको स्पिड बढाउन कम्पनीले टुलहरु समेत प्रदान गर्दछ । जसमा प्रो इन्साइट जस्ता फ्लेगसिप प्रोडक्ट छन् भने रिस्क तथा सिग्नल विश्लेषण गर्ने सफ्टवेयर एज अ सर्भिस पनि कम्पनीले प्रदान गर्दछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१