close

नेपालीले नदेखेको सुन : बिटक्वाइन

टेकपाना टेकपाना

बैशाख ७, २०७८ २१:२०

नेपालीले नदेखेको सुन : बिटक्वाइन

सतेज रेग्मी/-
बिटक्वाइन भनेर झट्ट सुन्दा कुनै देशको सिक्का जस्तो लाग्न सक्छ । तर होइन, बिटक्वाइन सन् २००९मा आविष्कार गरिएको इन्टरनेटमा आधारित एउटा क्रिप्टाेकरेन्सी हो ।

बिटक्वाइन जटिल गणित समस्याहरूबाट बनेको एउटा विद्युतीय मुद्रा हो, जसमा कुनै पनि एउटा केन्द्रीय बैंक वा संस्थाको नियन्त्रण छैन । यद्यपि यसलाई एउटा विकेन्द्रीकृत विद्युतीय सम्पत्ति पनि भन्न सकिन्छ ।

कति छ त बिटक्वाइनको भाउ?
सुन्दा अचम्म लाग्न सक्छ, तर अहिले एउटा बिटक्वाइनको बजार भाउ ६७ लाख छ । यसको कूल बजार पुँजीकरण करिब एक ट्रिलियन अमेरिकी डलर छ, जुन सुनको पूँजीकरणभन्दा करिब ७ गुणा मात्र कम हो ।

कुनै बेला एक अमेरिकी डलर पनि भाउ नरहेको बिटक्वाइनकाे भाउ यत्रो हुँदा अचम्म पर्न सकिन्छ ।

कसरी निकालिन्छ त बिटक्वाइन ?
शक्तिशाली कम्प्युटरको प्रयोग गरेर जटिल समस्या हल गरेपछि मात्र बिटक्वाइन निकाल्न सकिन्छ, जसलाई आफ्नो कब्जामा ल्याई एउटा बिटक्वाइन वालेटमा राख्न सकिन्छ, जुन प्रक्रियालाई माइनिङ पनि भनिन्छ ।

यसलाई शेयरको कारोबार जसरी पनि किन्न मिल्छ ?
कुल २ करोड १० लाखकाे संख्यामा रहेको बिटक्वाइन हालसम्म १ करोड ८० लाखसम्म माइनिङ गरिसकेको छ ।

किन लोकप्रिय छ त बिटक्वाइन ?
कुनै पनि देशको मुद्रामा उसको केन्द्रीय वा राष्ट्र बैंकको नियन्त्रण हुन्छ । ती मुद्राहरूको संख्यामा घटबढ गराउनसक्ने संस्था हुन् केन्द्रीय बैंकहरु ।

तर बिटक्वाइन सीमित संख्यामा छ र यो विकेन्द्रीकृत मुद्रा भएका हुनाले (कसैको नियन्त्रणमा नभएको) यो लोकप्रिय छ ।

ब्लकचेन प्रविधिको प्रयोग गरिएकाले यसलाई ह्याक गर्नु असम्भव छ । यहीकारण सुरक्षाको हिसाबले यो लोकप्रिय बनेको छ ।

नेपालमा बिटक्वाइन
हालसम्म नेपालमा बिटक्वाइन वा कुनै पनि क्रिप्टाेकरेन्सीको कारोबारलाई राष्ट्र बैंकले गैरकानूनी भनेको छ र निकट भविष्यमा यहाँ पनि बिटक्वाइनकाे किनबेच नहोला भनेर भन्न सकिन्न ।

([email protected])

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१