close

म्यासेन्जरमा आउने गुलाबी रङको ह्वाट्सएप डाउनलोड गर्नुभएको त छैन ?

टेकपाना टेकपाना

बैशाख ८, २०७८ १३:३

म्यासेन्जरमा आउने गुलाबी रङको ह्वाट्सएप डाउनलोड गर्नुभएको त छैन ?

काठमाडौं । पछिल्लो केही वर्षयता साइबार हमलाका घटना निरन्तर भइरहेकाे छ । त्यसमा पनि विभिन्न चालबाजी प्रयोग गर्दै प्रयोगकर्तालाई झुक्याएर उनीहरुको डेटामाथि खेलिरहेका छन् । त्यस्तै नयाँ प्रकारको स्क्याम फेरि सुरु भएको छ ।

अहिले हामी धेरैको फेसबुक म्यासेन्जरमा गुलाबी (पिंक) रङको ह्वाट्सएप डाउनलोड गर्न भन्दै लिंक आएको हुनसक्छ । जसमा तपाईंले उक्त लिंकबाट ह्वाट्सएप डाउनलोड गरेको खण्डमा तपाईंको मोबाइलमा रहेको हरियो रङको ह्वाट्सएप गुलाबी रङमा परिवर्तन हुने उल्लेख छ ।

Image

त्यसरी म्यासेज आएसँगै गुलाबी रङ मनपर्ने कतिपयले यसलाई डाउनलोड पनि गरिसकेका छन् । त्यसरी आएको लिंकमा क्लिक गर्दा उक्त लिंकले एउटा प्रयोगकर्तालाई असुरक्षित वेबसाइटमा पुर्‍याइरहेको छ ।

यसमा माल्वयेर रहेको भन्दै त्यस्ता लिंकबाट बच्न अनुसन्धानकर्ताले आग्रह गरेका छन् ।

यतिसम्म कि तपाईंले उक्त लिंक क्लिक गर्दा तपाईंको म्यासेन्जरमा रहेको कन्ट्याक्ट लिस्टमा रहेका अन्य साथीहरुलाई समेत साे लिंककाे म्यासेज जाने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१