close

फेसबुकको गोप्य ईमेल लिक, ५३ करोड प्रयोगकर्ताको डेटा ह्याकपछि यस्तो रणनीति

टेकपाना टेकपाना

बैशाख ८, २०७८ १३:५९

फेसबुकको गोप्य ईमेल लिक, ५३ करोड प्रयोगकर्ताको डेटा ह्याकपछि यस्तो रणनीति

काठमाडौं । फेसबुकको आन्तरिक ईमेल भुलवश निजी कम्पनीमा पुगेकाे छ । बेल्जियममा रहेकाे डेटान्युज नामको एउटा मिडिया हाउसको मेल एड्रेसमा फेसबुकको गाेप्य ईमेल पुगेको हाे ।

सो ईमेलमा भर्खरै लिक भएको ५३ करोड ३० लाख फेसबुक प्रयोगकर्ताहरुको अकाउन्ट विवरणमाथि कम्पनीकाे चाल्ने रणनीति उल्लेख थियाे ।

ईमेलमा फेसबुकले यस्ता किसिमका घटनाहरु भविष्यमा अरु पनि बढ्नसक्ने अनुमान गर्दै डेटा ब्रिचलाई समग्र उद्योगकै समस्याको रुपमा देखाएर यस्तो घटनालाई सामान्यीकरण गर्ने योजना बनाएको छ । यसो भएको खण्डमा मिडियाको ध्यान पनि विस्तारै कम भएर जाने कम्पनीले लेखेको छ ।

परिणामस्वरुप कम्पनीले यस्ता घटनालाई लिएर सीमित वक्तव्य मात्र जारी गर्ने योजना लिएको छ ।फेसबुकले उक्त मिमो वास्तविक भएको पुष्टि गर्दै बीबीसीसँग भन्यो, ‘हामी मानिसहरुको चासो बुझ्छौं । यसैले प्रयोगकर्ताको अनुमति बिना डेटा लिने कामलाई अप्ठ्यारो बनाउन सिस्टमलाई निरन्तर सुदृढ गरेर लैजाने छौं ।’

पछि फेसबुकका प्रयोगकर्ताले यस्तो समस्या आफूहरुले मात्र नभएर लिङ्कडइन तथा क्लबहाउस जस्ता कम्पनीहरुले पनि सामना गरेको भन्दै आफूलाई बचाउ गर्ने प्रयास गरेको छ ।

गत महिना १०६ मुलुकका ५३ करोड ३० लाख भन्दा धेरै मानिसहरुको डेटा ह्याकिङ फोरममा सार्वजनिक भएको थियो ।

तर फेसबुकले ती डेटा २०१९ मै लिक भइसकेको पुरानो डेटा भएको बताएको छ । कम्पनीले चिन्ताजनक गतिविधि नभएको बताउँदै डेटा सार्वजनिक रुपमा उपलब्ध साइटको जानकारीभित्रैबाट लिइएको बताएको छ ।

तर अहिले यसै मामिलामा आईरिस डेटा कमिस्नरले कम्पनीमाथि अनुसन्धान गरिरहेको छ । कम्पनीले ईयुको जनरल डेटा प्रोटेक्सन रुललाई उल्लंघन गरेको छ छैन भन्ने विषयमा यो अनुसन्धान धइरहेको छ ।

डेटान्युजले उक्त समाचार गत ८ अप्रिलमा प्रकाशित गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१