close

अब मनीग्रामबाट सोझै ईसेवा वालेटमा पैसा पठाउन सकिने

टेकपाना टेकपाना

बैशाख ८, २०७८ १५:५४

अब मनीग्रामबाट सोझै ईसेवा वालेटमा पैसा पठाउन सकिने

काठमाडौं । मनीग्राम इन्टरनेसनल र ईसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भएको छ । योसँगै विश्वभर रहेका मनीग्रामका ग्राहकले सिधै आफ्ना साथी तथा परिवारजनको बैंक खाता वा ईसेवा वालेटमा रकम पठाउन सक्नेछन् ।

यसका साथै सोझै खातामा निक्षेप सेवासमेत सुरु भइसकेको छ । भने ईसेवा वालेट पनि सुरुवातको तयारीमा रहेको जनाइएको छ । सबै प्रमुख बैंकसहित ६५ भन्दा धेरै बैंकहरु जोडिएको, खाता निक्षेप सेवाले नेपालमा रहेका प्राय सबै बैंक खातामा रकम जम्मा गर्न सक्छ ।

नेपालमा रहेका ४२ लाखभन्दा धेरै दर्ता गरिएका ईसेवा वालेट प्रयोगकर्तामाझ आगामी ईसेवा वालेट सेवा नेपालको इन्बाउन्ड रेमिट्यान्सका लागि विशाल कोशेढुंगा हुनेछ । विश्व बैंकका अनुसार नेपाल रेमिट्यान्सका लागी संसारकै उच्च प्राप्तकर्तामध्ये एक हो । सन् २०१९ मा ८.२५ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स देश भित्रिएको थियो ।

‘यस साझेदारीले गर्ने हाम्रो नेटवर्कको विस्तार र हामीले ग्राहक केन्द्रित क्षमताको कार्यक्रमहरु विस्तार गर्दा हुने थप डिजिटल वृद्धिका लागि हामी उत्साहित छौं’, भारत र दक्षिण एसियाका प्रमुख नावेद अश्रफले भने, ‘वित्तीय सेवाहरु डिजिटलकरणमा अग्रगामी ईसेवासँग साझेदार भई लाखौं गैर नेपालीलाई सहज रुपमा रकम पठाउन र प्राप्त गर्ने सेवा उपलब्ध गराउन पाउँदा खुसी लागेको छ ।’

संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपेली देशका साथै अन्य देशमा रहेको नेपालीले मनीग्रामबाट ईसेवामा सहजै रकम पठाउन सक्नेछन् । रकम पठाउन साधारण रिसिभर विवरण भरे पुग्ने यस सेवाले पठाउने र पाउने दुवैलाई झन्झट मुक्त गर्ने कम्पनीले बताएको छ ।

‘मनीग्रामसँग नयाँ सहकार्यका लागि हामी अत्यन्त उत्साहित छौं,’ ईसेवाको मुख्य कम्पनी एफवान सफ्ट ग्रुपका अध्यक्ष, विश्वास ढकालले भने, ‘मनीग्रामसँगको साझेदारीले नेपालमा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण गर्न सबैभन्दा भरपर्दो र प्रतिस्पर्धी हाम्रो स्थितिलाई अझ सुदृढ पार्नेछ भने विश्वभर फैलिएका नेपाली आप्रवासीमाझ व्यापक रुपमा पुग्नलाई पनि सक्षम हुनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१