close

एप्पलको आफ्नै चिप र फाइभजी सपोर्टसहित आईप्याड प्रो सार्वजनिक, यस्तो छ फिचर र मूल्य

टेकपाना टेकपाना

बैशाख ८, २०७८ १४:५८

एप्पलको आफ्नै चिप र फाइभजी सपोर्टसहित आईप्याड प्रो सार्वजनिक, यस्तो छ फिचर र मूल्य

काठमाडौं । एप्पल कम्पनीले २०२१ को आफ्नो पहिलो प्रडक्ट आईप्याड प्रो सार्वजनिक गरेको छ । फाइभजी सपोर्टसहित आएको नयाँ आईप्याड प्रोको कुरा गर्दा यसमा भिडियो कन्फ्रेन्सका लागि अटोट्रयाक गर्नसक्ने शक्तिशाली क्यामेरा छ ।

तर नयाँ आईप्याड प्रोको सबैभन्दा शक्तिशाली र आकर्षक पक्ष भनेको यसको स्पिड र एम वान प्रोसेसर हो, जुन म्याक कम्प्युटरको जस्तै छ । वास्तवमा यस प्रडक्टमार्फत एप्पलले इन्टेल चिप्सबाट स्थानन्तरण भएको पनि बुझ्न सकिन्छ ।

साथै एप्पलको नयाँ रंगिन आईम्याक्सले पनि अब नयाँ प्रोसेसर प्राप्त गर्दैछ, जसमा चम्किलो र पातलो रिडिजाइन हुनेछ ।

साथै एप्पलको ‘फाइन्ड माई फोन’ फंसनलाई ‘फाइण्ड माई थिङ्क्स’ मा कन्भर्ट गर्न एप्पलले २९ डलरको एयर ट्याग पनि प्रदान गर्दैछ ।

अब फोन हराएको अवस्थामा फोन खोज्न सहयोग गर्ने ‘फाइण्ड माई फोन’ले तपाईंको गाडीको चाबी कतै हराएको अवस्थामा पत्ता लगाउने ‘फाइण्ड माई थिङ्क्स’मा परिवर्तन गर्न एयर ट्याग सेवा पनि थप गरेको हो ।

तर एप्पलको वस्तु ट्रयाक गर्नसक्ने यति ठूलो प्रविधिलाई चाँडै नै अमेरिकी कंग्रेसले वासिङटनमा एन्टीट्रस्ट मामिलामा छानबिन गर्नेछ । 

११ इन्चकाे आईप्याड प्रोकाे मूल्यकाे कुर्दा वाईफाई माेडलकाे ७९९ डलर र वाईफाई प्लस सेलुलर माेडलकाे ९९९ डलर ताेकिएकाे छ । त्यस्तै १२.९ इन्चकाे आईप्याड प्रोअन्तर्गत वाईफाई माेडलकाे १०९९ डलर र वाईफाई प्लस सेलुलर माेडलकाे १२९९ डलर ताेकिएकाे छ ।

सिल्भर र स्पेस ग्रे कलरमा उपलब्ध आईप्याड प्रोमा १२८ जीबी, २५६ जीबी, ५१२ जीबी, १ टीबी र २ टीबी स्टाेरेज अप्सन रहेकाे छ । अप्रिल ३० देखि ३१ देशमा आईप्याड प्रोकाे बिक्री सुरूवात हुने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१