close

सार्वजनिक नै नभएका म्याकबुकमा र्‍यान्समवेयर आक्रमण, ह्याकरले मागे अर्बौं रकम

टेकपाना टेकपाना

बैशाख ८, २०७८ १९:४५

सार्वजनिक नै नभएका म्याकबुकमा र्‍यान्समवेयर आक्रमण, ह्याकरले मागे अर्बौं रकम

काठमाडौं । एप्पलले हिजाेमात्रै ‘स्प्रिङ लोडेड’ नामक ठूलो कार्यक्रम आयोजना गर्‍यो । जहाँमार्फत कम्पनीले नयाँ डिजाइनमा आईप्याड, आईम्याक, एयर ट्यागलगायत विभिन्न उत्पादन सार्वजनिक गर्‍यो । तर, हिजै सार्वजनिक भएको उक्त उत्पादनमध्ये म्याकबुकमा र्‍यान्समवेयर आक्रमण भएको पाइएकाे छ ।

ताइवानमा रहेको एप्पलको सप्लायर कम्पनी क्वान्टम कम्प्युटर इंकलाई कम्पनीले उपलब्ध गराएको म्याकबुकमा र्‍यान्समवेयर आक्रमण गरी म्याकबुकमा पहुँच पाएको र्‍यान्समवेयर ग्रुप ‘रिभिल’ ले जनाएको छ ।

उसले मंगलबार सार्वजनिक रुपमै एप्पलको सप्लायर कम्पनीसँग उपलब्ध भएका एप्पलका नयाँ म्याकबुकमा पुहँच पाएको जनाएको हो । साथै १५ वटा फोटो पनि सार्वजनिक भएकाे जनाइएको छ ।

जसमा म्याकबुकको सिरियल नम्बर, साइज, क्यापिसिटी लगायतका विभिन्न महत्वपूर्ण पार्टको फोटो रहेका छन् । तर, ती सबै फोटा क्लिक भने छैन । क्वान्टम कम्प्युटर इंक एचपी, फेसबुक लगायत धेरै कम्पनीको सप्लायर पनि हो । तर, रिभिलले भने एप्पलको प्रडक्टमा मात्रै र्‍यान्समवेयर आक्रमण गरेको छ ।

साथै कम्पनी र्‍यान्समवेयर आक्रमणको ५० मिलियन डलर अर्थात नेपाली ६ अर्ब रुपैयाँभन्दा बढी फिरौती रकम माग गरेको छ । उसले एप्पललाई आउँदो मे १ तारिखसम्म उक्त फिरौती रकम बुझाउन निर्देशन दिएको छ ।

यदि उक्त समयसम्म एप्पलले रकम उपलब्ध नगराएको खण्डमा विस्तारै उक्त डेटा सार्वजनिक गर्दै जाने चेतावनी रिभिलले दिएको उल्लेख गरिएको छ ।

यो विषयमा एप्पलले भने कुनै प्रतिक्रिया दिएको छैन । तर, क्वान्टम कम्प्युटर इंकले भने घटनाको विषयलाई स्वीकार गरेको अन्तर्राष्ट्रिय मिडियाले बताएका छन् । क्वान्टम कम्प्युटर इंकले यसले कम्पनीको व्यवसायमा भने कुनै असर नपरेको बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१