close

गुगलमा यस्ता कुरा नखोजेकै राम्रो

टेकपाना टेकपाना

बैशाख ८, २०७८ २२:४०

गुगलमा यस्ता कुरा नखोजेकै राम्रो

काठमाडौं । अहिलको समयमा हामी कुनै पनि कुराको बारेमा जानकारी लिनका लागि गुगलको प्रयोग गर्दछौं । किनभने हामीले खोज्न चाहेका विषयवस्तु सहजै फेला पार्न सकिन्छ । तर कतिपय समय हामी गुगलमा यस्ता कुराहरु सर्च गर्छौं, जसका कारण अप्ठ्यारोमा पर्न जान्छौं ।

आज हामी तपाईंलाई केही यस्ता विषयहरुको बारेमा बताउँदै छौं, जसलाई सर्च गर्दा तपाईं समस्यामा पर्न सक्नुहुन्छ । यतिसम्म कि कुनै कुरा सर्च गर्दा तपाईं जेल जानुपर्ने अवस्था समेत आउन सक्छ ।

गुगलमा औषधिको नाम सर्च नगर्नुहोस्

यदि तपाईंको स्वास्थ्य अवस्था राम्रो छैन र आफ्नो लक्षणको आधारमा कुन रोगको संक्रमण छ भनेर गुगलमा सर्च गर्नुहुन्छ । अनि यससँगै उक्त रोगबाट निको हुन आवश्यक औषधी पनि खोज्नुहुन्छ ।

तर भुलेर पनि यस्ता काम नगर्नुहोस् । गलत औषधिको सेवनले तपाईंको स्वास्थ्य अवस्था झन् बिग्रिन सक्छ । त्यसैले स्वास्थ्य अवस्था खराब भएको छ भने गुगल सर्च होइन, बर तुरुन्त डक्टरकहाँ जानुहोस् ।

बम बनाउने तरिका

गुगलमा झुक्किएर पनि बम बनाउने तरिका सर्च नगर्नुहोस् । बम बनाउने तरिका वा यससँग सम्बन्धित कुनै पनि चिज सर्च गरेकै कारण तपाईं जेल जानुपर्ने अवस्था समेत आउन सक्छ ।

तपाईं यस किसिमका कुराहरु यदि गुगलमा सर्च गर्नुहुन्छ भने तपाईंको आईपी एड्रेस सोझै सुरक्षा निकायसम्म पुग्नेछ । त्यसपछि सुरक्षा निकायले तपाईं विरुद्ध कारबाही अगाडि बढाउन सक्छ ।

गुगलबाट सोझै मोबाइल एप डाउनलोड नगर्नुहोस्

हामी कुनै एप प्लेस्टोर वा एप्पल एप स्टोरबाट डाउनलोड नगरेर त्यसलाई गुगलमा सर्च गर्दछौं । यसो गर्दा कतिपय समय फर्जी एपहरु डाउनलोड गर्न पुग्दछौं ।

जसले हाम्रो डिभाइसलाई हानी पुर्‍याउनुका साथै हाम्रो फोनमा रहेको डेटा समेत चोरी गर्दछन् । त्यसैले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट मात्रै एप डाउनलोड गर्ने बानी बसाल्नुहोस् ।

निजी ईमेल गुगलमा सर्च नगर्नुहोस्

याद राख्नुहोस्, आफ्नो निजी ईमेल लगईनका लागि गुगल सर्च गर्नुहुन्छ भने गलत गर्दै हुनुहुन्छ । यसो गर्दा तपाईंको अकाउन्ट नै ह्याक हुन सक्ने जोखिम हुन्छ ।

यसबाट तपाईंको ईमेलबाट स्क्याम हुन सक्दछ र तपाईं कानूनी झन्झटमा पर्न सक्नुहुन्छ । त्यसैले ईमेल लगईन गर्दा आधिकारिक एप तथा ब्राउजरको युआरएलमा सोझै टाइप गर्नुहोस् ।

कस्टमर केयर नम्बर

हामी कुनै न कुनै उत्पादन प्रयोग गरिरहेका हुन्छौं । त्यसमा कुनै किसिमको समस्या आउँदा कस्टमर केयरलाई कल गर्ने विषयमा सोच्न थाल्छौं ।

कतिपय समय हामीलाई सम्बन्धित कस्टमर केयरको नम्बर थाहा हुँदैन । यस्तोमा गुगलको सहारा लिन थाल्दछौं ।

तर यसरी गुगलमा कस्टमर केयरको नम्बर सर्च गर्नु पनि तपाईंका लागि भारी पर्न सक्दछ । साइबर अपराधलाई बढावा दिने ह्याकरहरुले कुनै पनि कम्पनीको फेक वा फर्जी हेल्पलाइन नम्बर गुगल सर्चमा फ्लोड गरिदिन सक्छन् ।

यस्तोमा जब तपाईं उक्त नम्बरमा कल गर्नुहुन्छ, तब तपाईंको नम्बर ह्याकरकहाँ पुग्दछ । त्यसपछि ह्याकरले तपाईंको नम्बरमा कल गरेर कुनै प्रकारको साइबर अपराध गर्न सक्छन् ।

यसमा सिम स्वाप जस्ता घटनाको जोखिम रहन्छ । त्यसैले कस्टमर केयरका लागि आधिकारिक वेबसाइटमा गएर नम्बर यकिन गर्नुहोला ।

पोर्नाेग्राफी सम्बन्धी सर्च

तपाईं हामीलाई सामान्यतया थाहा नै छ, गुगलको विज्ञापनले कसरी काम गर्छ । तपाईं गुगलमा जे कुरा सर्च गर्नुहुन्छ, त्यसै अनुसारका विज्ञापन गुगलले तपाईंले भिजिट गर्ने वेबसाइटमा देखाउने गर्दछ । त्यसैले गुगलमा पोर्न वा आफूलाई लज्जित तुल्याउन सक्ने कुराहरु गुगलमा सर्च नगर्नुहोस् ।

फ्री एन्टिभाइरस तथा सफ्टवेयर सर्च नगर्नुहोस्

गुगलमा एन्टिभाइरस तथा सफ्टवेयर सर्च गर्ने काम सकेसम्म नगरेकै राम्रो । फ्री सफ्टवेयरको नाममा त्यहाँ तपाईंले अनेक विकल्प देख्न सक्नुहुन्छ ।

तर कुन सक्कली कुन नक्कली भन्ने कुरा छुट्याउन निकै मुस्किल हुन्छ । ह्याकरहरुले नक्कली सफ्टवेयर तथा एप राखेका हुन्छन् । यदि तपाईंले त्यस्ता सफ्टवेयर तथा एप डाउनलोड गर्न पुग्नु भयो भने तपाईं ह्याकर तथा साइबर अपराधीको जालमा पर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१