close

लैनचौरमा व्यवस्थित खेल मैदान सहित हरित पार्क बनाउँदै एनसेल

टेकपाना टेकपाना

बैशाख १०, २०७८ ८:१६

लैनचौरमा व्यवस्थित खेल मैदान सहित हरित पार्क बनाउँदै एनसेल

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले काठमाडौंको लैनचौर स्थित मैदान निर्माण तथा संरक्षण गर्ने भएको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्याउने उदेश्यका साथ खेल मैदान सहितको हरित उद्यान निर्माण थालेको हो ।

उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थान लगायतका विषेशताहरु रहने छन् । ५४ हजार ९२१ वर्ग फिट क्षेत्रफल रहेको खुला मैदानलाई उद्यान सहितको व्यवस्थित मैदानको रुपमा निर्माण तथा संरक्षण गर्नका लागि एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ बीच समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको छ ।

समझदारी अनुसार एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य गरिरेहकोे छ । ग्राउण्ड क्लेरेन्सको कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको छ ।

यो उद्यानमा परम्परागत ढुङ्गेधारा, उद्यानमा आउने मानिसहरुका लागि पार्किङ, शौचालय सुविधा र सोलार बत्तिको व्यवस्था समेत गरिनेछ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले सामाजिक आर्थिक विकासमा योगदान पुर्याउँदै तथा वातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताए ।

‘यो पहलले समुदायमा स्वस्थ वातावरण निर्माण गर्दै वातावरण र पर्यावरण सम्बन्धी लक्ष्यप्राप्तिमा योगदान पुर्याउने छ,’ उनले भने, ‘सरकारसँग सहकार्य गर्दै काठमाडौंको मुटुमा उदाहरणीय हरित उद्यान निर्माणका लागि योगदान पुर्याउन पाएकोमा हामी खुसी छौं ।’

एनसेलले विभिन्न सामाजिक पहल अन्तर्गत आफ्नो स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जिविकोपार्जनमा सहयोग गरी हालसम्म १ अर्ब २७ करोड रुपैयाँभन्दा बढिको योगदान पुर्याइसकेको छ ।

वातावरण क्षेत्र अन्तर्गत, एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्ने काम पनि गर्दै आएको छ । झण्डै १०.२ किलोमिटर दुरी रहेको उक्त सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य लिएको छ ।

यस अघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५०,००० बोटबिरुवा वृक्षारोपण गरेको थियो र यसका साथै धनुषामै वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धि जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको थियो । यो पहलको सफल कार्यन्वयन पछि सरकारले धनुषाधाम संरक्षित वनलाई ‘खुल्ला चरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’ पनि घोषणा गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१