close

मोबाइल बजारमा सामसङको दबदबा, शीर्ष ५ बाट बाहिरियो ह्वावे

टेकपाना टेकपाना

बैशाख १०, २०७८ १२:३६

मोबाइल बजारमा सामसङको दबदबा, शीर्ष ५ बाट बाहिरियो ह्वावे

काठमाडौं । सन् २०२१ काे पहिलो तीन महिनामा सामसङले विश्वबजारमा सबैभन्दा धेरै स्मार्टफोन ल्याएकाे छ । अघिल्लाे वर्ष यही अवधिकाे तुलनामा यस वर्षको पहिलो त्रैमासिकमा सामसङ स्मार्टफाेनको बजार हिस्सा २४ प्रतिशतले बढेकाे हो ।

याे सन् २०१५ यताकै सबैभन्दा ठूलो वृद्धिदर हो । सन् २०२१ को पहिलो त्रैमासिकमा सामसङ स्मार्टफोन उद्योगको सबैभन्दा उत्कृष्ट पर्फमेन्स भएको कम्पनी बनेको छ ।

जसको २३ प्रतिशत बजार हिस्सा छ । यस अवधिमा ओप्पो र भिभो चौंथो र पाँचौं स्थानमा आउँदा ह्वावे भने शीर्ष पाँचको सूचीबाट बाहिरिएको छ ।

सन् २०२१ को पहिलो त्रैमासिकमा ३४ करोड युनिट स्मार्टफोन विश्वबजारमा सिपिङ भएको स्ट्राटेजी एनालिटिक्सको पछिल्लो रिपोर्टले देखाएको छ । जसमा सबैभन्दा धेरै सामसङको सात करोड ७० लाख यूनिट शिपमेन्ट भएको थियो ।

गत वर्ष २०२० को पहिलो त्रैमासिकमा कम्पनीले पाँच करोड ८० लाख शिपमेन्ट गरेको थियो । जसले ३५ प्रतिशतको वार्षिक वृद्धिदर देखाएको छ । 

मोबाइल बिक्री संख्यामा भएको यो भारी वृद्धिको श्रेय भने सुभल मूल्यमा सामसङले ल्याएका ग्यालेक्सी ए सिरिज फोर जी तथा फाइभजी फोनहरुलाँई जान्छ । साथै ग्यालेक्सी एस २१ सिरिज ले पनि बिक्री संख्या बढाउन मद्दत पुर्‍याएको हो ।

एप्पल भने यो सूचीमा दोस्रो स्थानमा पाएको छ । जसका पाँच करोड ७० लाख फोन शिपमेन्ट भएका छन् र उसको बजार हिस्सा हाल १७ प्रतिशत रहेको छ । 

यस्तै तेस्रो स्थानमा आएको साओमीको पनि यस वर्षको पहिलो त्रैमासिकमा ग्लोबल स्मार्टफोन शिपमेन्ट वृद्धि भएको छ । कम्पनीले यस अवधिमा चार करोड ९० लाख स्मार्टफोन विश्वबजारमा शिपमेन्ट गरी १५ प्रतिशत बजार हिस्सामा कब्जा जमाएको छ ।

जुन उसको बिक्री इतिहासको १० वर्षयताकै उच्च कृतिमान हो । कम्पनीका लागि चीन र भारतमा बलियो स्थानमा रहेको तथा अफ्रिका, युरोप तथा ल्याटिन अमेरिकी क्षेत्रमा भएको बलियो बजार विस्तारको सुखद परिणाम हो, यो । 

यस्तै ह्वावेलाई शीर्ष पाँचको सूचीबाट बाहिर धकेल्दै सन् २०२१ को पहिलो त्रैमासिकमा चौंथो र पाचौं स्थानमा पर्न सफल ओप्पो र भिभो दुवैको बजार हिस्सा ११ प्रतिशत छ । यस अवधिमा ओप्पले तीन करोड ८० लाख फोन शिपमेन्ट गरेको छ भने भिभोले तीन करोड ७० लाख स्मार्टफोन बजारमा पठाएको छ ।

यसरी समीक्षा अवधिमा यी पाँच शीर्ष मोबाइल निर्माता कम्पनीको समग्र बजार हिस्सा विश्वमा ७६ प्रतिशत रहेको छ । गत वर्ष शीर्ष पाँच भेन्डरको बजार हिस्सा ७१ प्रतिशत मात्र रहेको स्ट्राटेजी एनालिटिक्सकी वरिष्ठ निर्देशक लिन्डा स्यूले बताएकी छिन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१