close

आफैं निर्माण गरेको ब्याट्रीका साथ ग्यालेक्सी वाच ४ ल्याउँदै सामसङ

टेकपाना टेकपाना

बैशाख १०, २०७८ १४:४०

आफैं निर्माण गरेको ब्याट्रीका साथ ग्यालेक्सी वाच ४ ल्याउँदै सामसङ

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी वाच ४ मा कम्पनी आफैंले निर्माण गरेको ब्याट्री प्रयोगमा ल्याउने भएको छ । लोमो समयदेखि चर्चामा रहेको सामसङ ग्यालेक्सी वाच ४ सार्वजनिक हुने मिति भने तय भएका छैन ।

तर, कम्पनीले आगामी दिनमा बजारमा ल्याउने उक्त वाचमा चीनको एम्पेरेक्स टेक्नोलोजी लिमिटेडको अथवा सामसङ एसडीआईले उत्पादन गरेको ब्याट्री प्रयोग हुनसक्ने जानकारी बाहिरिएको छ ।

हालसम्म प्राप्त जानकारी अनुसार यी दुई ब्याट्री उत्पादकले स्मार्टवाचको पहिलो उत्पादनका लागि ब्याट्री उपलब्ध गराउने छन् । यसअघि सामसङले प्रयोगमा ल्याउँदै आएको ब्याट्रीमा विभिन्न चरणमा समस्या देखिएको थियो ।

सन् २०१७ मा ग्यालेक्सी नोट ७ प्रयोग भएको एटीएलको ब्याट्री पड्किएसँगै कम्पनी त्यसबाट पछि हटेको थियो । त्यसयता कम्पनीले चिनियाँ कम्पनीले बनाएका ब्याट्री प्रयोग गर्दै आइरहेको छ ।

जसमा एटीएल एउटा हो । उक्त कम्पनीले निर्माण गरेको ब्याट्री ग्यालेक्सी एस २१ तथा विभिन्न उत्पादनमा प्रयोग भएको छ ।

अब कम्पनी आफैंले उत्पादन गरेको ब्याट्रीलाई पनि प्रयोगमा ल्याउने भएको हो । कम्पनीलाई ४१ एमएम भर्सनको स्मार्टफोनका लागि आवश्यक साना पोलिमर ब्याट्री एटीएलले उपलब्ध गराउनेछ ।

त्यस्तै सामसङ एसडीआईले ४५ एमएम मोडलका लागि ब्याट्री उपलब्ध गराउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१