close

बिटक्वाइनलाई भविष्यको नवीकरणीय उर्जा बनाउन ज्याक डोर्से र एलन मस्क सहमत

टेकपाना टेकपाना

बैशाख ११, २०७८ ८:२७

बिटक्वाइनलाई भविष्यको नवीकरणीय उर्जा बनाउन ज्याक डोर्से र एलन मस्क सहमत

काठमाडौं । पछिल्लो समय बिटक्वाइन माइनिङले वातावरणमा ठूलो नकारात्मक असर पारिरहेको कुरा बाहिर आइरहेका छन् । तर ट्वीटरका सीईओ ज्याक डोर्सेले भने विश्व विज्ञहरुको वातावरणीय चिन्ता विपरित बिटक्वाइनले नवीकरणीय उर्जालाई प्रत्साहन गरिरहेको अभिव्यक्ति दिएका छन् ।

यति मात्र होइन प्रविधि जगतका अर्का ठूला खेलाडी टेस्ला प्रमुख एलन मस्कले पनि डोर्सेको भनाइप्रति सहमति जनाएका छन् ।

गत बुधबार डोर्सेले ट्वीटमा लेखेका थिए ‘बिटक्वाइनले नवीकरणीय उर्जालाई प्रोत्साहन गर्दैछ,’ जसको प्रतिक्रियामा मस्कले ‘ट्रु’ लेखेर रिट्वीट गरेका थिए ।

अध्ययन अनुसन्धानबाट क्रिप्टोकरेन्सी माइनिङबाट हुने कार्बन उत्सर्जनको मात्रा विश्वको सबैभन्दा ठूलो सहरबाट उत्सर्जन हुने कार्बनको बराबर रहेको तथ्य खुल्न आएका छन् ।

तर बिटक्वाइन माइनर्सहरुले नवीकरणीय उर्जा उत्पादक कम्पनीहरुसँग मिलेर काम गरेको खण्डमा यो परिवर्तन हुनसक्ने डोर्सेले बताएका छन् ।

डोर्सेको अभिव्यक्तिलाई एक विज्ञले भने बिटक्वाइनलाई ‘ग्रिनवास गर्ने सिनिकल प्रयास’ को संज्ञा दिएका छन् ।

आजको समयमा दुई तिहाई उर्जा कोइलाबाट उत्पादन गर्ने मुलुक चीन, विश्वभरको ७५ प्रतिशत बिटक्वाइन माइनिङ हुने थलो हो ।

बिटक्वाइन माइनिङ प्रक्रियामा बिटक्वाइन उत्पादन गर्न विभिन्न जटिल गणितिय हिसाबहरु गर्नुका साथै यसका लागि ठूलो कम्प्युटिङ पावरको आवश्यकता पर्दछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१