close

एक हप्तापछि इन्टरनेट सेवा सुचारु

टेकपाना टेकपाना

बैशाख १२, २०७८ ७:३५

एक हप्तापछि इन्टरनेट सेवा सुचारु

हुम्ला । हुम्लामा एक हप्तापछि इन्टरनेट सेवा सुचारु भएको छ । दैलेख र कालीकोट जिल्लाको सिमाना महाबु लेकमा रहेको नेपाल टेलिकमको टावर तथा वर्ल्डलिंकको जुम्लाको डाँफे लेकमा बिग्रिएको टावर मर्मत भएपछि शुक्रबारदेखि इन्टरनेट सेवा सुचारु भएको हो ।

इन्टरनेट नहुँदा सबै क्षेत्र प्रभावित भएका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । सबैतिरका सेवाग्राही इन्टरनेटको अभावमा छट्पटाइरहेका बेला वर्ल्डलिंक र नेपाल टेलिकमको सेवा सुचारु भएपछि सहज भएको छ ।

यो अवधिमा फोरजी सेवाले भने सुस्त गतिमा काम गरेकाे बताइएको छ । हिमपातका बीच पनि प्राविधिक टोली डाँफे लेकमै पुगेर टावरको मर्मत गर्दा इन्टरनेट सुचारु गर्न सम्भव भएको वर्ल्डलिंक हुम्लाका प्रमुख रामजन रावतले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१