close

आकाशमा सयौं ड्रोनले एकसाथ बनाएको त्यो क्यूआर कोड

टेकपाना टेकपाना

बैशाख १२, २०७८ ९:०

आकाशमा सयौं ड्रोनले एकसाथ बनाएको त्यो क्यूआर कोड

काठमाडौं । गत शनिबार चीनकाे साङघाई सहरमा सयौं ड्रोनहरुले आकाशमा लाईट शाे प्रस्तुत गरे । साङघाई सहरको वाटरफ्रन्ट अगाडि ती ड्रोनहरु एकबद्ध भएर एउटा ठूलो क्यूआर कोडको रुप लिए ।

चिनियाँ भिडिओ स्ट्रिमिङ कम्पनी बिलिबिलीले आफ्नो मोबाइल गेमिङ ‘प्रिन्सेस कनेक्ट! रि ड्राइभ’ को पहिलो वर्षको अवसरमा उक्त लाइट पर्फमेन्सको आयोजना गरेको थियो । उक्त गेम चीनअघि जापानमा तीन वर्षअघि सार्वजनिक भएको थियो, जुन निकै लोकप्रिय छ । 

साङघाईको वाटरफ्रन्ट एरिया बण्डको माथिल्लो भागमा १५ सय ड्रोनहरुले एकसाथ एउटा वृहत क्यूआर कोडको स्वरुप बनाएका थिए । साथै तिनै ड्रोनहरुले उक्त गेमको लोगोसँगै विभिन्न चित्रहरु पनि आकाशमा बनाएका थिए ।

ड्रोनहरुले बनाएको उक्त क्यूआर कोडलाई स्क्यान गर्न प्रयोगकर्ता गेमको होमपेजमा पुग्न सक्थे । त्यसैबाट गेमरहरुले गेम डाउनलोड गर्नुका साथै त्यसको एक वर्षकाे एनिभर्सरी प्याकेजसमेत पाएका थिए ।

पछिल्लो केही वर्षयता साङघाई वाटरफ्रन्टको अगाडि ड्रोन पर्फमेन्स निकै लोकप्रिय विज्ञापन रणनीतिको रुपमा प्रयोग हुँदै आइरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१