close

अब उपत्यका बाहिर पनि डिशहोम फाइबरनेट, डिशहोमका ग्राहकलाई निःशुल्क १० एमबीपीएस

टेकपाना टेकपाना

बैशाख १२, २०७८ १९:३७

अब उपत्यका बाहिर पनि डिशहोम फाइबरनेट, डिशहोमका ग्राहकलाई निःशुल्क १० एमबीपीएस

काठमाडौं । नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोम अन्तर्गतको डिशहोम फाइबर नेटको सेवा हेटौंडामा सुरु भएको छ । कम्पनीले पहिलो पटक उपत्यका बाहिर हेटौंडामा आफ्नो एफटीटीएच इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।

यस अघि कम्पनीको फाइबर नेट सेवा काठमाडौंका केही स्थानमा मात्र सीमित रहेको थियो । हेटौंडामा फाइबर नेट सेवा सुरु भएसँगै अब त्यस क्षेत्रका डिशहोम प्रयोगकर्ताले समेत १० एमबीपीएस गतिको इन्टरनेट सेवा निःशुल्क रुपमा प्रयोग गर्न पाउने भएका छन् ।

कम्पनीले यसका लागि नजिकको डिशहोम डिलर दाइमा सम्पर्क राख्न आग्रह गरेको छ । कम्पनीका अनुसार हेटौंडामा संगम चौक, थाना भर्‍याङ, चाइना क्वार्टर, गल्फिनटार, सानोपोखरी, नगरपालिका रोड, बसपार्क, स्वर्गरालोक र चौकी टोलमा यो सेवा उपलब्ध छ ।

अन्य कहाँ कहाँ छ कम्पनीको फाइबरनेट ?

उपत्यका बाहिर हेटौंडा नै कम्पनीको पहिलो गन्तव्य हो । त्यस बाहेक काठमाडौं उपत्यकामा हाल ललितपुर र काठमाडौं जिल्लामा कम्पनीले फाइबर नेट सेवा उपलब्ध गराइरहेको छ ।

जसअनुसार काठमाडौंमा जडिबुटी, काडाघारी, पेप्सीकोला, चाबहिल, बौद्ध, जोरपाटी, कपन, बुढानिलकण्ठ, बसुन्धारा, धापासी र टोखामा फाइबर नेट सेवा पुगेको छ ।

त्यस्तै गोङ्गबु, महाराजगंज, बालुवाटार, चण्डोल, धुम्बाराही, चप्पल कारखाना, सुकेधारा, मन्डिखाटार, बालाजु, माछापोखरी, नेपालटार, मनमैजू, फुटुङ, धर्मस्थली, सामाखुशी, सोह्रखुट्टे, खुशीबू र रानिबारीमा समेत कम्पनीले आफ्नो सेवा दिइरहेको छ ।

त्यस्तै ललितपुरमा सानेपा, कुपण्डोल, झम्सिखेल, पुल्चोक, धोबीघाट, जावलाखेल, कुमारीपाटी, लगनखेल, सातदोबाटो, नख्खु, बागडोल, भैंसेपाटी, छम्पी, ग्वार्को, हात्तीवन, ईमाडोल र लुभुमा डिशहोम फाइबर नेट पुगेको छ ।

कम्पनीले क्रमशः अन्य क्षेत्रका ग्राहकहरुलाई समेत फाइबर नेट सेवा उपलब्ध गराउने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१