close

स्मार्टफोनमा म्यासेज स्क्याम आतंक, सचेत रहन आग्रह

टेकपाना टेकपाना

बैशाख १३, २०७८ १०:८

स्मार्टफोनमा म्यासेज स्क्याम आतंक, सचेत रहन आग्रह

काठमाडौं । पछिल्लाे समय एन्ड्रोइड फोनमा टेक्स्ट म्यासेजको रुपमा ‘स्क्याम’ फैलिन थालेकाे छ । यो स्क्याम पहिलो चरणमा बेलायतबाट सुरु भएर विस्तारै विश्वव्यापी फैलिरहेकाे छ । यसलाई ‘फुलबुट माल्वयेर एसएमएस अट्याक’ भनी नामाकरण गरिएको छ ।

अनुसन्धानकर्मीका अनुसार यस्ताे म्यासेज प्याकेज डेलिभरी फर्मको अनलाइन डेलिभरीको विषयको रुपमा आउने गरेकाे छ । यसमा तपाईंलाई सामान कहाँ आइपुग्यो र ट्रयाक गर्नका लागि तुरुन्तै यहाँ क्लिक गर्नुहोस् भनिएको हुनेछ ।

तर, उक्त म्यासेज कुनै गिफ्ट, अनलाइन सामानको डेलिभरी नभएर मेलिसियस स्क्याम भएको जनाइएको छ । यसको सहायताबाट ह्याकरले तपाईंको डिभासमा रहेका महत्वपूर्ण डेटा संकलन गर्नसक्ने जनाइएको छ । त्यसैले यसबाट बच्न विभिन्न दूरसञ्चार सेवाप्रदायकले आग्रह गरेका छन् ।

बेलायतमा रहेको भोडाफोन कम्पनीले लाखौंको संख्यामा यस्ता म्यासेज विभिन्न नेटवर्कमा गएको बताएको छ ।

‘यो निकै नै संवेदनशील हुँदै गएको छ,’ कम्पनीले भनेको छ, ‘जुन रुपमा यो फैलिरहेको छ, ठूलो संख्यामा प्रयोगकर्ताबाट प्रभावित भइरहेका छन् । त्यसैले सचेत भएर त्यस्ता म्यासेज आएको खण्डमा लिंक नखोल्न आग्रह गरिन्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१