close

स्मार्ट टेलिकम किन्ने कुरामा कुनै सत्यता छैन – ओसीसी

टेकपाना टेकपाना

बैशाख १३, २०७८ १५:१८

स्मार्ट टेलिकम किन्ने कुरामा कुनै सत्यता छैन – ओसीसी

काठमाडौं । जापानको ओशियन केबल एण्ड कम्युनिकेशन (ओसीसी) प्रालिले टेलिकम किन्ने कुरामा कुनै सत्यता नभएको बताएको छ । अघिल्लो सातामात्रै विभिन्न सञ्चारमाध्यमले जापानिज कम्पनी ओसीसीले नेपालको दूरसञ्चार कम्पनी स्मार्ट टेलिकम खरिद गर्ने तयारी गरेको भन्दै समाचार प्रकाशन गरेका थिए ।

त्यसैलाई लिएर ओसीसीले प्रेस विज्ञप्ति जारी गर्दै टेलिकम कम्पनी किन्ने विषयमा कुनै सत्यता नभएको जनाएको हो । कम्पनीले जारी गरिएको विज्ञप्तिमा स्मार्ट टेलिकमको नाम भने उल्लेख गरिएको छैन ।

तर, अघिल्लो साता स्मार्ट टेलिकम किन्ने विषय बाहिर आएकाले पनि उक्त विज्ञप्ति त्यसलाई केन्द्रित गरिएको हुनसक्ने आँकलन गरिएको छ । ओसीसी कम्पनीले लगानिको विषयमा स्मार्ट टेलिकमले पनि त्यसमा कुनै सत्यता नभएको बताएको छ ।

टेकपानासँग कुराकानी गर्दै स्मार्टका प्रतिनिधिले भने, ‘हामी विदेशी लगानीको विषयमा तयारी गरिरहेका छौ । तर, जुन खालका समाचार बाहिर आएका छन्, त्यसमा कुनै सत्यता छैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१