close

सामाजिक सञ्जालमार्फत आईपीएलका खेलमा सट्टेबाजी गर्ने ११ जना पक्राउ

टेकपाना टेकपाना

बैशाख १३, २०७८ १५:५८

सामाजिक सञ्जालमार्फत आईपीएलका खेलमा सट्टेबाजी गर्ने ११ जना पक्राउ

काठमाडौं । भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा ११ जना पक्राउ परेका छन् ।

ह्वाट्सएप, भाइबरजस्ता सामाजिक सञ्जाल प्रयोग गरेर आईपीएलका खेलमा सट्टेबाजी गरेकाे भन्दै प्रहरीले काठमाडाैंकाे ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरेकाे हाे ।

नेपाल प्रहरीको अपराध महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले पक्राउ परेका व्यक्तिविरूद्ध मुद्दा चलाई अनुसन्धान थालिएकाे जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१