close

डिशहोम फाइबर नेट रिफर गर्दा एक महिनाको सेवा निःशुल्क

टेकपाना टेकपाना

बैशाख १३, २०७८ १७:५४

डिशहोम फाइबर नेट रिफर गर्दा एक महिनाको सेवा निःशुल्क

काठमाडौं । नेपालको एकमात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले डिशहोम फाइबर नेटको नाममा एफटीटीएच इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । यसैक्रममा कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।

नयाँ अफरको रुपमा अब आफ्ना साथीभाइ तथा आफन्तलाई डिशहोम फाइबर नेट जडानका लागि रिफर गर्दा एक महिनाको सेवा निःशुल्क हुनेछ । यसको अर्थ डिशहोमको फाइबर इन्टरनेट प्रयोग गरिरहेका ग्राहकले अन्य व्यक्तिलाई कम्पनीको सेवा रिफर गरेको अवस्थामा यस्तो सुविधा प्राप्त गर्न सकिनेछ ।

काठमाडौं उपत्यकामा हाल ललितपुर तथा काठमाडौं र उपत्यका बाहिर मकवानपुर जिल्लामा कम्पनीको फाइबर नेट सेवा उपलब्ध छ । काठमाडौंमा जडिबुटी, काडाघारी, पेप्सीकोला, चाबहिल, बौद्ध, जोरपाटी, कपन, बुढानिलकण्ठ, बसुन्धारा, धापासी र टोखामा फाइबर नेट सेवा पुगेको छ ।

त्यस्तै गोङ्गबु, महाराजगंज, बालुवाटार, चण्डोल, धुम्बाराही, चप्पल कारखाना, सुकेधारा, मन्डिखाटार, बालाजु, माछापोखरी, नेपालटार, मनमैजू, फुटुङ, धर्मस्थली, सामाखुशी, सोह्रखुट्टे, खुशीबू र रानिबारीमा समेत कम्पनीले आफ्नो सेवा दिइरहेको छ ।

त्यस्तै ललितपुरमा सानेपा, कुपण्डोल, झम्सिखेल, पुल्चोक, धोबीघाट, जावलाखेल, कुमारीपाटी, लगनखेल, सातदोबाटो, नख्खु, बागडोल, भैंसेपाटी, छम्पी, ग्वार्को, हात्तीवन, ईमाडोल र लुभुमा डिशहोम फाइबर नेट पुगेको छ ।

हेटौंडामा संगम चौक, थाना भर्‍याङ, चाइना क्वार्टर, गल्फिनटार, सानोपोखरी, नगरपालिका रोड, बसपार्क, स्वर्गरालोक र चौकी टोलमा यो सेवा उपलब्ध छ । कम्पनीले क्रमशः अन्य क्षेत्रका ग्राहकहरुलाई समेत फाइबर नेट सेवा उपलब्ध गराउने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१