close

यस्तो छ ३ खर्बमा अमेजनले बनाउन लागेको दोस्रो हेडक्वार्टर

टेकपाना टेकपाना

बैशाख १४, २०७८ १४:१३

यस्तो छ ३ खर्बमा अमेजनले बनाउन लागेको दोस्रो हेडक्वार्टर

काठमाडौं । जब अमेजनले २०१७ मा आफ्नो दोस्रो मुख्यालय निर्माण गर्ने योजनाको खुलासा गर्‍यो । तब कम्पनीलाई अमेरिकाभरका विभिन्न राज्य तथा सहरबाट आफ्नो जमिनमा मुख्यालय निर्माण गर्न २३० प्रस्ताव आए । अमेजनको मुख्यालय आफ्नो जमिनमा ल्याउन पाउँ भन्ने सबैमा लोभ थियो ।

त्यति धेरै प्रस्तावमाझ अमेजनले प्रारम्भमा त न्यूयोर्कमा आफ्नो मुख्यालय निर्माण गर्ने निर्णय लिएको थियो । तर त्यहाँका स्थानीयहरुले यसको विरोध गर्दै अमेजनको स्टोरमै ढुङ्गामुढा गर्न थाले । अन्तत: अमेजनलाई भर्जिनिया राज्यको अर्लिङटोन सहरले मुख्यालय निर्माणका लागि न्यानो भूमि प्रदान गर्‍यो ।

आज अमेजनले यस भूमिमा शतप्रतिशत नवीकरणीय उर्जामा आधारित रहेर आफ्नो नयाँ मुख्यालयको परिकल्पना गरेको छ । दोस्रो मुख्यालयलाई कम्पनीको भवनभन्दा पनि एउटा सार्वजनिक समुदायको साइटको रुपमा स्थापना गर्ने अमेजनको चाहना छ । अमेजनकाे २.५ विलियन अमेरिकी डलर (करिब ३ खर्ब रूपैयाँ) काे याे प्राेजेक्ट भर्जिनियामा सुरू भएकाे छ ।

यसका लागि उसले एकदमै पृथक हेलिक्स भवन (कोन आकारको घुमेको भवन) पनि निर्माण गर्ने योजना अघि सारेको छ ।

अमेजनले गत फेब्रुअरीमा मात्र आफ्नो दोस्रो नयाँ मुख्यालयकाे डिजाइनलाई सार्वजनिक गरेकाे थियाे ।

अमेजनको भवन निर्माणको प्रारम्भिक चरणको कार्य अहिले अगाडि बढिरहेको छ । यससँगै उक्त पृथक हेलिक्स भवनसमेत डिजाइनमा देखिएको छ ।

The double helix-inspired building will be opened to the public at least two weekends every month, according to Amazon.

२०२५ सम्ममा यस भवन निर्माणलाई सम्पन्न गरिसक्ने कम्पनीको कार्यतालिका छ । भवन बनिसकेपछि अर्लिङटोन सहरका लागि यो निकै ठूलो फाइदाजनक पक्ष हुनेछ ।

नयाँ भवनमा अहिलेका २५ हजार र अन्य नयाँ कर्मचारीहरुलाई पनि अटाउने अमेजनको लक्ष्य छ । अमेजनको यो ट्रान्सफर्म सिटी स्काइलाइन राजधानी वासिङटन डिसीभन्दा धेरै टाढा छैन ।

‘पेन प्लेस’ ले परिचित हुने यो दोस्रो मुख्यालयको लोकेसनले त्यस क्षेत्रको यसअघिको पुरानो डल (निस्क्रिय आलश्यमय) दृश्यलाई समेत परिवर्तन गरिदिनेछ ।

अमेजनको हालको सिअट्टलस्थित पुरानो मुख्यालयलाई समेत यो नयाँ मुख्यालयले ठूलो सहयोग दिनेछ ।

अमेजनकाे नयाँ मुख्यालय २८ लाख वर्ग फिटमा फैलिनेछ, जसमा तीनवटा नयाँ २२ तल्ले भवन पनि थप हुनेछन् । भवनको केन्द्रमा त्यही हेलिक्स फोकल प्वाइन्ट हुनेछ, जसलाई कतिले ‘ग्लास पुप इमोजी’ को नाम दिने गरेका छन् । ३५० फिट अग्लो यो घुमेको उल्टो कोन एकदमै हरित र आकर्षक छ ।

यस भवन निर्माणका क्रममा अमेजनले शारीरिक व्यायाम तथा मानसिक स्वास्थलाई डिजाइनको केन्द्रविन्दुमा राखेको छ । जसमा उसले बायोफिलिया अर्थात् प्रकृतिसँग जोडिन चाहने मानिसको चाहनाको अवधारणालाई प्रयोग गरेको छ । जुन कम्पनीको पुरानो मुख्यालयमा भएका धेरैभन्दा धेरै बायोडूम अर्थात् जैविकतामैत्री  डिजाइनहरुसँग मिल्दोजुल्दो छ ।

According to the project's lead architect, the "vast majority" of ground-level space will be accesible to the public.

सामसङ, गुगल तथा माइक्रोसफ्टजस्ता ठूला ठूला कर्पोरेट भवनहरुको डिजाइन गर्ने एनबीबीजे कम्पनीका प्रमुख आर्किटेक्ट डेल आल्बर्डा भन्छन्, ‘हामी इन्डुअर आर्टियम्स (ठूलो खुल्ला आकाशमुनीकाे स्थल, जसलाई ठूला गगनचुम्बी महलहरुले घेरेको हुन्छ) र बगैंचाका सिरिज निर्माण गर्दैछौं । जुन कुनै कन्जर्भेटरी मात्र होइन, जहाँ तपाईं घुम्न जानुहुन्छ । वास्तवमा यो तपाईं नियमित गएर काम गर्नुपर्ने ठाउँ हो ।’

एनबीबीजेले पनि हालै नजिकैको वासिङटन डिसीमा कार्यालय स्थापना गरेको हुँदा यो परियोजना उसका लागि पनि निकै महत्वपूर्ण छ ।

भवन परिसरमा भएको हरियालीलाई त्यहाँकै हर्टिकल्चरलिस्टहरुको टोलीले सम्हाल्ने छन्, जो हेलिक्स संचरनाको बाहिर र भित्र काम गर्नेछन् । यसभित्र कर्मचारीहरुले काम गर्न वैकल्पिक किसिमका वातावरण पाउने छन् । जहाँ उनीहरुले वैठक तथा सामाजिक अन्तर्क्रियामा समेत सहभागी हुनसक्ने छन् ।

त्यसो त यो हेलिक्स भवन संचरना कार्यालयको मुख्य हिस्सा होइन । वास्तवमा यो एक किसिमको इस्क्यापिस्ट हब (भागदौडबाट शान्त खोज्नेहरुका लागि) हो, जहाँ कामसँगै कर्मचारीहरु प्रकृतिसँग जोडिन सक्छन् । यसलाई कम्पनीले आफ्नो प्रेस विज्ञप्तिमा ‘फिलिङ अफ वेलबिङ’ नाम दिएको छ ।

यसभित्र एउटा वैठक सेन्टर पनि छ, जहाँ १५ सय मानिसहरु अटाउन सक्ने क्षमता छ । अमेजनले आफ्नो नयाँ भवनको बारेमा खुलासा गर्दा दैनिक कार्य सम्पन्न हुने कार्यालय हिस्साको बारेमा एकदमै कम खुलाएको छ । हुनसक्छ ती पाटा हेलिक्स भवन संरचना र वरिपरीका दृश्य जत्तिको रोचक छैनन् ।

अमेजनले त्यस क्षेत्रको धेरै ठूला भवनहरु किन्नुका साथै भाडामा लिइसकेको छ । नयाँ मुख्यालयको नयाँ संरचनाले उक्त क्षेत्रमा कम्पनीको उपस्थितिको एक किसिमको हब तयार गरेको छ ।

वास्तवमा अर्लिङटोन सहरको पुरानो र त्यही पट्यारलाग्दो क्रिस्टल सिटीको स्वरुपमा हेलिक्स संरचनाले छुट्टै मोहक थपिदिने देखिएको छ । निर्माण सम्पन्न भएपछि हेलिक्स सार्वजनिक अवलोकनका लागि केही अप्ता वा एक महिना खुल्ला रहने अपेक्षा गरिएको छ ।

यो सम्पूर्ण भवन नै सौर्य उर्जामा चल्ने अपेक्षा गरिएको छ । तर तपाईंले अर्लिङटोनस्थित भवनको वरिपरी कुनै पनि किसिमको सोलर प्यानलको फार्म देख्नुहुने छैन । किनभने कम्पनीले यसलाई दुई सय माइल टाढा दक्षिण भर्जिनियास्थित पिट्टीसाल्भानिया काउन्टीमा निर्माण गरेको छ । जसको सम्पूर्ण उर्जा अर्लिङटोनमा ट्रान्समिट हुने प्रणाली छ । 

यस परियोजनाको अन्य हरित उर्जा पक्षको कुरा गर्दा एउटा प्राकृतिक भेन्टिलेसन सिस्टम र अर्को वर्षाको पानीलाई रिसाइकल गर्ने प्रणाली पनि हो । परिसरका अन्य भवनलाई पनि सौर्य प्रकाशको अधिकतम उपयोग गर्नसक्ने क्षमताका साथ निर्माण गरिएको छ, ताकि कृत्रिम प्रकाशको आवश्यकतालाई कमी गर्न सकियोस् ।

यो कम्प्लेक्सले समग्ररुपमा एलईईडी प्लाटिनम भवनको रुपमा समेत पहिचान पाउनेछ । जुन अमेरिकी हरित भवन परिषदले दिगाे विकास परियोजनाका लागि प्रदान गर्ने सबैभन्दा ठूलो प्रमाणपत्र हो ।

यस भवनका अधिकांश फिचरहरु भविष्यमैत्री छन् । जसमा उसका नयाँ विकासहरु दीर्घकालीन लगानी बन्नेमा अमेजन स्पष्ट छ ।

न्यूयोर्कको प्रदर्शनकाे अनुभवपछि परियोजना विकासक्रममा आर्लिङटनका समुदायबाट समर्थनको अनिवार्य खाँचो भएको उसले आभाष गरिसकेको छ ।

यसैले अब अमेजनले उक्त क्षेत्रमा १३ सय वटा सुलभ घर निर्माणमा समेत सहयोग गर्ने देखिएको छ, जसका लागि उसले थप दुई अर्बको सहयोग कोष समेत प्रदान गर्नेछ । यसले स्थानीयरुपमा जस्तो असर छाडे पछि प्राकृतिकरुपमा भने अमेजनको नयाँ भवन कम्पनीका लागि ठूलै लाभ हुने देखिएको छ ।

साथै आफ्नो परिसर वरिपरी बसिरहेका बासिन्दाहरुका लागि पनि अमेजनले प्रशस्त लाभ प्रदान गर्नेछ । कम्पनीले आफ्नो आउडुअर स्पेसलाई सार्वजनिक अवलोकनका लागि खुल्ला गरिदिने अपेक्षा गरिदिनेछ । जुन सुन्दर हरित २.५ एकड जमिनमा फैलिनेछ ।

The proposal features 2.5 acres of public space.

यसबाहेक अर्को साइटमा तपाईंले बाइकिङ ट्रेल, बाइक पार्किङ तथा विद्युतीय कारहरुका लागि चार्जिङ पोर्ट समेट देख्न सक्नुहुनेछ । साथै यसको स्कपचर्ड पार्कल्याण्डमा धेरैोटा अमेजन विजनेसहरु पनि सञ्चालनमा छन् ।

अमेजनको कार्यालयबाहिर पनि २५० सिटको आउडुअर कन्सर्ट भेन्यु छ । साथै कुकुर डुलाउने पार्क, डे केयर फेसिलिटी तथा फूड ट्रक्सहरु अटाउने स्पेस पनि डिजाइन भएका छन् ।

परिसरको ग्राउण्ड लेभलमा कृषि बजार र रिटेल स्पेसहरु छन् । वास्तवमा यो ग्राउण्ड लेभल स्पेस एउटा अल्ट्रा मोडल सहर हो, जसले कुनै मल्टिनेश्नल कम्पनीको मुख्यालयभन्दा फरक छनक दिन्छ ।

यो प्रोजेक्टमा कम्पनीले कुनै पनि किसिमको कर्पोरेट ब्राण्डिङलाई पनि खारेज गरेको छ, ताकि एउटा सकरात्मक सामुदायिक सम्बन्धको निर्माण गर्न सकियोस् ।

राजधानीबाट नजिक रहेको कम्पनीको भवन संरचना परिसर वास्तवमा एउटा पर्यटक आकर्षित गर्ने क्षेत्र पनि हो ।

अमेजनको मुटुमा रहेको हाइटेक, तर प्रकृतिमैत्री हेलिक्स डिजाइन भवनले आर्लिङटोनको स्काइलाइनमा छुट्टै सौन्दर्यता थपेको छ । आर्किटेक्ट अल्बर्डा हेलिक्सभित्रको स्थानीय बोटविरुवाका प्रजाति, मेचिक्युर्ड बगैंचा सबैको डिजाइन वास्तवमा प्राकृतिबाट प्रेरित भएकाे बताउँछन् ।

The Helix seen towering above retail facilities.

कोभिडको कारण पछिल्लो समय रिमोट वर्किङको संस्कृति सबैले अभ्यास गर्दैछन् । तर, आफ्ना प्रतिस्पर्धी कम्पनीभन्दा फरक अमेजनले आइडिया आदानप्रदान तथा विकास कार्यका लागि कर्मचारीहरुलाई रिमोटको सट्टा कम्पनीभित्रै शारीरिक उपस्थितिको महत्वलाई ध्यानाकर्षण गराएको छ ।

टेक भिजनबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१