close

क्यास सर्भर के हो ? थाहा पाइराख्नुहोस् यसको काम र फाइदा

टेकपाना टेकपाना

बैशाख १४, २०७८ १६:१४

क्यास सर्भर के हो ? थाहा पाइराख्नुहोस् यसको काम र फाइदा

काठमाडाैं । क्यास सर्भर भनेको क्यास इन्जिन हो । यो एक किसिमको नेटवर्क सर्भिस हो, जसले इन्टरनेटका सामग्री तथा वेब पेजहरुलाई सेभ गरेर राख्दछ । अर्काे शब्दमा भन्दा अनलाइनबाट प्राप्त गरिएका जानकारीलाई राखिने एउटा अस्थायी स्टोरेज नै क्यास हाे । 

क्यास सर्भरले वेब इन्फर्मेसनको एक्सेसलाई स्पिड अप गरिदिन्छ । सँगै यसले ब्याण्डविथको मागलाई पनि घटाउन मद्दत गर्दछ । प्रयोगकर्ताहरुले अफलाइन हुँदा वेब कन्टेन्टमा एक्सेस पाउन सम्भव समेत क्यासकै कारणले हुन्छ ।

सामान्यतय क्यास सर्भरलाई प्रोक्सी सर्भरको रुपमा प्रयोग गरिन्छ । यो सर्भरले इन्टरनेट रिक्वेस्टलाई क्याच गरेर प्रयोगकर्ताका लागि सामग्री व्यवस्थापन गर्दछ ।

सर्भरले रिक्वेस्टहरुलाई बाहिर जान अनुमति दिन्छ र भित्र आइरहेका सबै ट्राफिकलाई समेत स्क्रिनिङ गर्दछ । प्रोक्सी सर्भरले बाहिर गइरहेको रिक्वेस्ट र भित्र आइरहेको म्यासेजबीच मेल गराउन सम्भव तुल्याउँछ ।

यसो गरेर क्यास सर्भरले रिसिभ गरेका फाइलहरुलाई क्यासमा राख्छ, ताकि पछि प्रयोगकर्तालाई आवश्यक परेको खण्डमा सजिलै उपलब्ध गराउन सकियोस् । तर वेब प्रयोगकर्ताले क्यास र प्रोक्सी सर्भर देख्न सक्दैनन् । 

क्यासिङ भनेको के हो ?

क्यासिङ भनेको एउटा प्रक्रिया हो, जसमा फाइललाई क्यास सर्भरमा स्टोर गरेर क्विक एक्सेस दिइन्छ । 

डीएनएस सर्भरमा डीएनएस रेकर्डहरु क्यास गरिन्छ । सीडीएन सर्भरमा कन्टेन्टको ल्याटेन्सी घटाउन क्यास गरिन्छ, ताकि सबै वेब ब्राउजर, एचटीएमएल फाइलहरु चाँडै लोड हुन सकोस् । 

क्यासिङले कसरी काम गर्छ ? 

सामान्यतय क्यासमा स्टोर हुने डेटा र्‍याम जस्ता फास्ट एक्सेस हार्डवेयरमा स्टोर भएर बस्छन् ।क्यासको प्रमुख प्रायोजन भनेको डेटा रिट्राइभको स्पिडलाई बढाउनु हो । क्यासले प्रक्रियालाई स्लो बनाउने अन्डरलायिङ स्टोरेज लेयरलाई एक्सेस गर्नुपर्ने आवश्यकता अन्त्य गर्दछ ।

क्यास ट्रान्सेन्ट्लीले स्पिडको क्षमतालाई ट्रेडिङ गरेर डेटाको सबै पूर्ण डेटावेसको सट्टा डेटाको सब्सेटलाई स्टोर गर्दछ । 

इन मेमोरी इन्जिन र र्‍यामको सपोर्ट सहितको इन्पुट/आउटपुट अपरेसन पर सेकेण्ड आईओपीएसको उच्च रिक्वेस्ट रेटका कारण क्यासिङले डेटा रिट्राइभलमा सुधार ल्याउँदै स्केलको खर्चलाई घटाइरहेको छ । 

एउटा संस्थाले त्यस्तै किसिमको रिट्राइभल स्पिड प्राप्त गर्न परम्परागत डिस्क-आधारित हार्डवेयर तथा डेटाबेस प्रयोग गरी थप संसाधनमा लगानी गर्नुपर्ने हुन्छ । यसले खर्चलाई बढाउँछ । तर अझै पनि मेमोरी क्यासिङले प्रदान गर्ने जस्तो ल्याटेन्सी पर्फमेन्स प्राप्त गर्न भने चुनौतीपूर्ण नै हुन्छ । 

क्यासिङलाई विभिन्न प्राविधिक तहको माध्यमबाट प्रयोग तथा लिभ्रेज गर्न सकिन्छ । जस्तै अपरेटिङ सिस्टम डीडीएन र डीएनएस जस्ता नेटवर्किङ लेयर, डेट बेस तथा एप्लिकेसन । 

क्यासिङको प्रयोग गरी ल्याटेन्सी घटाउन र अत्यधिक पढिने ह्याभ्भी एप्लिकेसन साइटहरु जस्तै क्यू एण्ड ए पोर्टल, मिडिया शेयरिङ साइट्स, गेमिङ साइट्स तथा सोसल मिडिया नेटवर्किङ साइट्सका आईओपीएसलाई सुधार गर्न सकिन्छ । 

क्यास इन्फर्मेसनमा डेटाबेस क्वाइरीको परिणाम, एपीआई रिक्वेस्ट तथा रेस्पोन्स, इमेज फाइल, एचटीएमएल र जाभास्क्रिप्ट जस्ता वेब आर्टिफ्याक्टहरु समावेश भएका हुन्छन् । 

यदि यीमध्ये कुनै एप्लिकेसन वा ठूलो डेटा सेटलाई रियल टाइममा धेरैवटा मसिनमा एक्सेस गर्नुपर्‍यो भने सर्च रिजल्ट प्राप्त गर्न सयौं नोडहरुलाई सक्रिय बनाउनुपर्छ ।

तर क्यासले वेबसाइट प्लेटफर्ममा कुनै ढिलाइ नगरी रियल टाइममा खोजेको परिणाम प्राप्त गर्न सम्भव तुल्याउँछ । 

डेटाबेस क्यासिङ

तपाईंको डेटाबेस स्पिड र उत्पादित पर्फेन्स प्रभावशाली तत्व हुन्, जसले तपाईंको एप्लिकेसनको समग्र पर्फमेन्सलाई निर्धारण गर्दछ । ब्याकएण्ड डेटाबेसको मामिलामा डेटाबेस क्यासिङले डेटा रिट्राइभलमा ल्याटेन्सीलाई घटाएर थ्रोपुटलाई बढाउन मद्दत गर्दछ । यसले एप्लिकेसनको पर्फमेन्स सुधारमा सहयोग गर्दछ । 

जनरल क्यास 

युज केसमा डिस्क आधारित ड्युरेबिलिटी वा ट्रान्जेक्सनल डेटा सपोर्ट आवश्यक पर्दैन । इन मेमोरी की भ्याल्यु डेटा स्टोरेजलाई नै स्ट्याण्डअलोन डेटाबेसको रुपमा प्रयोग गर्दा हाई पर्फमेन्स एप्लिकेसन बनाउने यो एउटा प्रभावकारी तरिका बन्न सक्छ । 

स्पिडमा हुने सुधार बाहेक न्युन प्राइस पोइन्टमै एप्लिकेसनले सुधारिएको थ्रोपुट रेकर्ड गर्न सक्छ । जनरल क्यासलाई रिफ्रेन्सेबल डेटा जस्तै क्याटागोरी लिस्टिङ, प्रोडक्ट ग्रुपिङ तथा प्रोफाइल इन्फर्मेसनका लागि पनि प्रयोग गर्न सकिन्छ । 

सीडीएन क्यासिङ 

कन्टेन्ट डेलिभरी नेटवर्क अर्थात् सीडीएनएउटा नेटवर्क हो, जसले भिडियो, इमेज तथा वेब पेज जस्ता वेब कन्टेन्टलाई प्रोक्सी सर्भरमा क्यास गर्दछ । त्यस्ता प्रोक्सी सर्भर वेब युजर्सले प्रयोग गर्ने ओरिजिन सर्भरको नजिक रहेको हुन्छ । युजर र प्रोक्सी सर्भरबीचको निकटताका कारण सीडीएनले कन्टेन्ट रिक्वेस्ट हुन बित्तिकै चाँडै कन्टेन्ट डेलिभर गर्दछ । 

यसको अवधारणालाई एउटा खाद्य स्टोरको अवधारणबाट बुझ्न सकिन्छ । जहाँ उपभोक्ता खाद्य सामाग्री खरिद गर्नका लागि खेती गर्ने कृषककहाँ नभएर चाढो पहुँच तथा उपलब्धताका लागि बिचौंलिया तथा खाद्य स्टोरमा पुग्ने गर्दछ । त्यही खाद्य स्टोरकै काम गर्दछ सीडीएन क्यासिङले पनि । 

सामग्री कसरी क्यास हुन्छ ?

जब कुनै पनि प्रयोगकर्ताले सीडीएन प्रयोग गर्ने वेबसाइटलाई सामग्रीका लागि रिक्वेस्ट गर्दछ । तब यसले आफ्नो सीडीएन क्यास सर्भररमा सामाग्रीहरुको कपीलाई सुरक्षित राखिरहेको हुन्छ । ती डेटा सीडीएन क्यासमै बस्छन् र रिक्वेस्ट आएको समयमा उपलब्ध पनि भइदिन्छन् । 

सीडीएन क्यासिङ सर्भर विश्वका विभिन्न भागमा रहेका डेटा सेन्टरमा बसेका छन् । यसले कन्टेन्ट एक्सेसिङका लागि प्रयोगकर्ता र सर्भरबीच निकटता छ भन्ने कुरालाई सुनिश्चित गर्दछ । सर्भर र प्रयोगकर्ताको दूरी जति नजिक हुन्छ कन्टेन्ट रिट्राइभलको प्रक्रिया त्यति नै छिटो हुन्छ । 

सीडीएन क्यासिङका यस्ता छन् फाइदा 

ब्याण्डविथ खर्च घट्ने 

सीडीएन क्यास प्रोक्सी सर्भरबाट सामाग्री डेलिभर गर्दा ब्याकएण्ड सर्भरबाट डेटा रिट्राइभ गर्नु पर्ने आवश्यकताको अन्त्य हुन्छ । परिणामस्वरुप यसले ब्याण्डविथ खपत घटाउँछ । सीडीएन सर्भरबाट कुनै पनि वेबसाइट वा कम्पनीले ८० प्रतिशतसम्म आफ्नो ब्याण्डविथ खर्च जोगाउन सक्छ । 

युजर एक्सपिरियन्समा सुधार

क्यास प्रोक्सी सर्भरको ग्लोबल नेटवर्क वितरणसँगै वेबसाइट भिजिटर विश्वको जुनसुकै कुनामा रहेता पनि वेब कन्टेन्ट उनीहरुको नजिक आइपुग्छ । यसले गर्दा कन्टेन्ट एक्सेस स्पिड र गुणस्तरीयता बढेर जान्छ । 

विश्वसनीय कन्टेन्ट डेलिभरी 

आधुनिक सीडीएन क्यास सर्भर सफ्टवेयर ट्राफिक क्षमतासँग बनेको हुन्छ जसले सामान्य इन्टरप्राइज नेटवर्कको क्षमतालाई पनि पछाडि पारिदिन्छ । राम्रा क्यास सर्भरहरु बलियो र उच्चतम सुरक्षित हुन्छन् ।

यसले अचानक हुने ट्राफिक वृद्धिलाई वेबसाइट क्रयास नगरी नै सहनसक्छ । वेबसाइट एक्सपिरियन्समा पिक ट्राफिक हुँदा समेत सीडीएन क्यास सर्भर एकदमै धेरै स्थिर भएर बस्छन् । 

स्मार्ट क्यास कन्ट्रोल 

पछिल्लो केही समयसम्म सीडीएन क्यासिङ एउटा ह्याण्ड्स अन प्रक्रिया थियो जहाँ वेब विज्ञहरुले आइएसपीका लागि एचटीटीपी क्यास सर्भर तथा अन्य क्यास सर्भरलाई व्यवस्थापन गरिदिन पर्थ्यो ।

तैपनि आधुनिक सीडीएनहरु सजिलो मोनिटरिङका लागि नयाँ प्रोसेसहरु अफर गरिरहेक थिए र व्यापक कन्टेन्ट रेन्जका लागि क्यासिङ गरिरहेका थिए । 

यसले तपाईंको समय बचाउँछ र क्यासिङ प्रक्रियाको समग्र इफिसियन्सीलाई सुधार गर्दछ । यी सुधारिएका पर्फमेन्स फिचरहरु क्यास सर्भर मूल्यलाई प्रभावित नपारी उपलब्ध हुने गर्छन् । 

यो एउटा सिकाइमा आधारित अप्रोच हो । जुन कन्टेन्ट युसेज प्याटर्नलाई ट्रयाक गरी स्टोरेज र डेलिभरीलाई अटो अप्टिमाइज गर्न कन्टेन्ट डेलिभरी नेटवर्कको क्षमतामा निर्भर हुन्छ । 

स्मार्ट क्यासिङ कन्ट्रोलको मुख्य फाइदा भनेको डाइनामिकल्ली जेनेरेट भइरहने वस्तुहरूका लागि नयाँ क्यास अवसर पहिचान गर्ने नेटवर्कको क्षमता नै हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१