close

स्पोटिफाईसँगको सहकार्यमा म्युजिक र पोडकास्ट सेवा ल्याउँदै फेसबुक

टेकपाना टेकपाना

बैशाख १५, २०७८ १०:१९

स्पोटिफाईसँगको सहकार्यमा म्युजिक र पोडकास्ट सेवा ल्याउँदै फेसबुक

काठमाडौं । फेसबुकले स्पोटिफाईसँगको सहकार्यमा अब फेसबुकमै म्युजिक र पोडकास्टका सेवा सुरु गर्ने भएको छ । योसँगै अब फेसबुक प्रयोगकर्ताले स्पोटिफाईमा उपलब्ध म्युजिक अडियो तथा पोडकास्ट फेसबुकमै सुन्न सक्नेछन् ।

स्पोटिफाईका प्रयोगकर्ताले पनि आफूले तयार पारेको म्युजिक तथा पोडकास्ट सोझै फेसबुकमा शेयर गर्न सक्नेछन् ।

Facebook Spotify

‘नयाँ फिचरले स्पोटिफाईबाट अडियो तथा पोडकास्ट सुन्ने प्रयोगकर्तालाई सहजता प्रदान गर्नेछ,’ फेसबुकले भनेको छ, ‘त्यतिमात्रै नभएर अब तपाईंले आफूलाई मनपरेको पोडकास्ट तथा म्युजिक अरु साथिहरुसँग पनि शेयर गर्न सक्नुहुनेछ ।’

यतिसम्म कि यदी तपाईंको डिभाइसमा स्पोटिफाईको एप डाउनलोड गरिएको छ भने तपाईंले सोझै फेसबुकबाट पनि सुन्न सक्नुहुनेछ । तपाईंले फेसबुकको न्युजफिड स्क्रोल गर्दै गर्दा पनि स्पोटिफाईको अडियो सन्दै न्युज फिड सुन्न पाउनु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१