ह्याकरले दिए अमेरिकी प्रहरीको गोप्य सूचना लिक गरिदिने धम्की

cyber crime in the world

काठमाडौं । अमेरिकी प्रहरीकाे गाेप्य सूचना सार्वजनिक गरिदिने भन्दै ह्याकरबाट धम्की आएको छ । वाशिङ्टन डीसीस्थित महानगरीय प्रहरी विभागलाई ह्याकरकाे एक समूहले यस्तो धम्की दिएकाे हाे ।

विभागले आफ्ना कम्प्युटर नेटवर्कमा साइबर हमला गर्ने उद्देश्यले ह्याकरहरुले छेडखानी गरेको जनाएको छ । विभागका अनुसार ‘बाबुक’ नामक र्‍यान्समवयर ग्रुपले यस्तो धम्की दिएका हुन् ।

उनीहरुले तीन दिनभित्र सम्पर्क नराखे प्रहरीका महत्वपूर्ण जानकारी तथा गोप्य विवरण सार्वजनिक गरिदिने धम्की दिइरहेका छन् । यो विषयमा हाल अमेरिकी अनुसन्धान ब्यूरोले अध्ययन गरिरहेको विभिन्न सञ्चारमाध्ययमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार वाशिङटन डीसी प्रहरीले एक विज्ञप्ति जारी गरेर आफ्ना सर्भरमा कसैले अनधिकृत पहुँच पुर्‍याएको बताएको छ ।

उक्त विज्ञप्तिमा क्षतिको विषयमा कुनै जानकारी दिइएको छैन् । तर, विभागले हुनसक्ने क्षतिको विषयमा अध्ययन भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team