close

निषेधाज्ञामा ग्यापुले सुरु गर्‍यो फलफूल, तरकारी र अत्यावश्यक वस्तुको नि:शुल्क डेलिभरी

टेकपाना टेकपाना

बैशाख १६, २०७८ १२:४६

निषेधाज्ञामा ग्यापुले सुरु गर्‍यो फलफूल, तरकारी र अत्यावश्यक वस्तुको नि:शुल्क डेलिभरी

काठमाडौं । लोकप्रिय नेपाली ई-कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले निषेधाज्ञाको समयमा तरकारी, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको नि:शुल्क होम डेलिभरी सुरु गरेको छ ।

‘यो महामारीको समयमा उपभोक्तालाई भिडभाडमा जान नपर्ने वातावरण सिर्जना गर्न अत्यावश्यक वस्तुको होम डेलिभरी सुरु गरिएको हो,’ ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्का थप्छन् ‘स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर छिटो, सस्तो र भरपर्दो सेवा दिन हामी लागिपरेका छौं ।’

काठमाडौ उपत्यकामा २४ घण्टाभित्र  नि:शुल्क होम डेलिभरी गरिने खड्काले बताए । एक बर्षअगाडि लकडाउनकै बेला जन्मिएको ग्यापुले सुरुवाती दिनमा कालिमाटी बजारको भन्दा सस्तो मूल्यमा तरकारी तथा फलफूल बेचेर छोटो समय मै उपभोक्ताको मन जितेको थियो ।

‘कोरोना कहरमै जन्मेर विषम परिस्थितिमा उपभोक्ताको मन जित्न सफल भएका थियौं,’ खड्का भन्छन् ‘फेरि हामिलाई उपभोक्ताको अप्ठ्याराेमा सहयोग गर्ने मौका जुरेको छ।’

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत अर्डर गर्न सकिन्छ ।

ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आईएमई पे, कनेक्ट आईपीएस र ई-सेवा मार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरीकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ ।

साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१