close

अन्तरिक्ष परियोजना गुमाएका जेफ बेजोसमाथि एलन मस्कको यस्तो ट्रोल

टेकपाना टेकपाना

बैशाख १६, २०७८ १३:३९

अन्तरिक्ष परियोजना गुमाएका जेफ बेजोसमाथि एलन मस्कको यस्तो ट्रोल

काठमाडौं । अहिले विश्वका दुई धनाढ्यहरु टेस्ला प्रमुख एलन मस्क र अमेजन प्रमुख जेफ बेजोसबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । समय समयमा यी दुईबीच टकराव पनि उत्पन्न हुने गरेकाे छ । यी धनाढ्यबीच पुन: अर्को द्वन्द्व सुरु भएको छ ।

२०२४ को प्रारम्भसम्म अन्तरिक्षयात्रीलाई चन्द्रमामा अवतरण गर्ने स्पेसशिप निर्माणको महत्वकांक्षी सरकारी परियोजना हात पार्न हाल यी दुवै कम्पनीहरु लङ रेन्ज अर्बिटल रकेट प्रक्षेपण गर्ने प्रयासमा प्रतिस्पर्धा गरे ।

यो प्रतिस्पर्धामा मस्कको स्पेसएक्सले जित हासिल गरी परियोजनाको ठेक्का आफ्नो पोल्टोमा पार्‍यो । यसैले बेजोस बेखुश भए । 

सोमबार बेजोसको स्पेस कम्पनी ब्ल्यु ओरिजिनले  गभर्मेन्ट अकाउन्टेबिलिटी अफिसमा उजुरी दर्ता गर्दै अन्तिम समयमा आएर नासाले कन्ट्रयाक्ट बिडर (संकेतिकरुपमा स्पेसएक्स) का लागि गोलपोस्ट सारिदिएको आरोप लगाएको थियो ।

त्यसलगत्तै मस्कले आफ्नो ट्वीटरमा बेजोसलाई कडा जवाफ दिदैँ ‘कान्ट गेट इट अप (टु अर्बिट) लाेल’ लेख्दै व्यङ्ग्य गरेका छन् ।

उनले उक्त छोटो ट्वीटमा केही विस्तृत लेखेका छैनन् । तर उनले सोही ट्वीटर थ्रेडमा बेजोसले ब्ल्यु ओरिजिनको मून ल्याडर सार्वजनिक गरेको २०१९ को रिपोर्टको स्क्रिनशट्स भने राखेका छन् ।

अर्बिटल ट्रान्सपोर्टेसनमा बेजोसको ब्ल्यु ओरिजिन स्पेसएक्स र युनाइटेड लन्च अलायन्स यूएलएभन्दा धेरै पछाडि परेको थियो । यूएलए बोइङ कम्पनी र लकहिड मार्टिन कर्पको संयुक्त कम्पनी हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१