close

चिपका कारण आईप्याड र म्याक अभाव हुन सक्छ : टिम कुक

टेकपाना टेकपाना

बैशाख १७, २०७८ १०:२९

चिपका कारण आईप्याड र म्याक  अभाव हुन सक्छ : टिम कुक

काठमाडौं । एप्पलले सन् २०२१ को पहिलो त्रैमासिकमा सबैलाई चकित बनाएको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५४ प्रतिशतले व्यापारमा वृद्धि गर्न सफल भयो ।

कम्पनीका हरेक प्रडक्टमा दुई अंकको वुद्धि भएको छ । जसमा कम्पनीको सबैभन्दा महत्वपूर्ण प्रडक्टको रुपमा रहेको आईफोनको बजार गत वर्षको तुलनमा ६५.५ प्रतिशतले वृद्धि भएको छ । भने, म्याक र आईप्याडको बजारमा पनि उल्लेख्य वृद्धि भएको जनाइएको छ ।

कम्पनीका अनुसार म्याक कम्प्युटर अघिल्लो वर्षको तुलनामा ७०.१ प्रतिशत र आईप्याडको बिक्री ७९ प्रशितले वृद्धि भएको छ । जसबाट कम्पनीको आम्दानी ८९.५८ बिलियन डलर भएको छ । जुन अघिल्लो वर्षको आम्दनीको तुलनामा ५३.७ प्रतिशतले वृद्धि हो ।

यसरी ठूलो अंकमा वृद्धि हासिल गरेको कम्पनीले वर्षको अन्त्यतिर भने व्यापार गुमाउन सक्ने आँकलन गरिएको छ । बजारमा चिप अभावका कारण वर्षको अन्तिम चौमासिकमा भने आईप्याड र म्याक बजारमा अभाव हुनसक्ने एप्पलका सीइओ टिम कुकले बताएका छन् ।

‘माइक्रो चिप्सकाे अभावका कारण अहिले विश्वका ठूला प्रविधि कम्पनीलाई असर परिरहेको छ । जसको प्रभाव एप्पललाई पनि पर्नेछ,’ उनले भने, ‘एप्पलको पनि मुख्य गरी आईप्याड र म्याकको बजारमा यसले असर गर्नेछ ।’

कम्पनीले पनि यदि चिपमा यही खालको समस्या कामय रहने हो भने वर्षकाे अन्त्यसम्म आम्दानीमा असर पर्न जनाएको छ । चिपमा असहजता कायम रहने हो डिभाइस सप्लाईमा समेत असर पर्ने भएकाले तीनदेखि १० बिलियन डलरले कम्पनीको आम्दानी घट्नसक्ने आँकलन गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१