close

प्रतिबन्धका बाबजूद करिब ४ प्रतिशतले बढ्यो ह्वावेको नाफा

टेकपाना टेकपाना

बैशाख १७, २०७८ ९:४२

प्रतिबन्धका बाबजूद करिब ४ प्रतिशतले बढ्यो ह्वावेको नाफा

काठमाडौं । ह्वावेले २०२१ को पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले ह्वावेलाई विश्व बजारमा लगाइएको प्रतिबन्धको असर स्पष्ट रुपमा देखापरेको छ । कम्पनीका अनुसार पहिलो त्रैमासिकमा ह्वावेले चिनियाँ रकम १५२.२ बिलियन राजस्व संकलन गरेको छ ।

जुन अघिल्लो वर्षको तुलनामा १६.५ प्रतिशतले कम हो । यसरी व्यवसायमा आएको कमीको मुख्य कारण फाइभजी तथा विभिन्न उपकरणमा अमेरिकालगायत देशमा कम्पनीलाई लगाएको प्रतिबन्धलाई लिइएको छ । यसका साथै गएको नोभेम्बर २०२० मा अनर स्मार्ट उपकरण ब्राण्ड बेच्नुले पनि कम्पनीको आम्दानीमा अर्को असर देखिएको हो ।

अघिल्लो वर्षको तुलनामा आम्दानी घटेको भएतापनि कम्पनीको खुद नाफा भने भने ३.८ प्रतिशतले बढेको छ । जुन अघिल्लो वर्षको तुलनामा वार्षिक ११.१ प्रतिशतले वृद्धि हो । जुन कम्पनीको सञ्चालन र व्यवस्थापन दक्षताको सुधारका लागि चलिरहेको प्रयास साथै ६०० मिलियन अमेरिकी डलरको रोयल्टी आयको परिणाम पनि भएको कम्पनीले जनाएको छ ।

‘२०२१ हाम्रो लागि अर्को चुनौतीपूर्ण वर्ष हुनेछ । तर यो फेरि हाम्रो भावी विकास रणनीतिले आकार लिने वर्ष हुनेछ,’ ह्वावेका रोटेटिङ अध्यक्ष एरिक झुले भने, ‘हामी हाम्रा ग्राहक र साझेदारको निरन्तर विश्वासका लागि धन्यवाद दिन्छौं । जस्तोसुकै चुनौती आए पनि हाम्रो व्यापारलाई बलियो राख्नेछौं । केवल टिकाउको लागि मात्र नभई दिगो रूपमा कार्य गर्नेछौं ।’

ह्वावे फाइभजीको भ्यालु पूर्णरूपमा अगाडि ल्याउने कोशिस गर्दैछ । यसले विश्वभरका क्यारियरलाई उपभोक्ता र उद्योगको माग एकसाथ पुरा गर्दै उनीको फाइभजी नेटवर्क रोल आउट गर्न मद्दत पुगिरहेको कम्पनीको दावी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१