close

आरबीबी स्मार्ट प्रयोग गर्ने ९ जनाले पाए स्मार्टफोनदेखि थाइल्याण्ड भ्रमणको प्याकेज

टेकपाना टेकपाना

बैशाख १७, २०७८ ७:५९

आरबीबी स्मार्ट प्रयोग गर्ने ९ जनाले पाए स्मार्टफोनदेखि थाइल्याण्ड भ्रमणको प्याकेज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो मोबाइल बैंकिङ प्रवर्द्धनका लागि आयोजना गरेको आरबीबी मोबाइल बैंकिङ महामेलाका ९ जना विजेता घोषणा गरेको छ । महामेलाभर वाणिज्य बैंकको मोबाइल बैकिङबाट भएका ७३ हजार कारोबार मध्येबाट छानिएका ९ जनालाई बैंकले बुधबार विजयी घोषित गरेको हो । 

नयाँ मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये स्वर्णीम पौडेलले थाइल्याण्ड भ्रमणको जोडी कुपनको मेगा पुरस्कार पाएका छन् । यसैगरी तुलाराज बोहोरा, प्रविन ओली, बालकृष्ण देवकोटा, सिद्धिलाल शाह तेली, सिर्जना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसङ ग्यालेक्सी एम ०१ कोर ब्राण्डको एकएक थान स्मार्टफोन हात पारेका छन् । 

बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्न गत वर्षदेखि एफवान सफ्टसँगको सहकार्यमा आरबीबी मोबाइल बैंकिङ महामेला सञ्जाचलन गर्दै आइरहेको छ । यस वर्षको महामेला गत चैत ५ देखि वैशाख ५ गतेसम्म आयोजना भएको थियो । 

वाणिज्य बैंकले खाता खोली मोबाइल बैंकिङ आरबीबी स्मार्टबाट डिजिटल कारोबार गर्दा छूट लगायत उपहार पाउने व्यवस्था गरेको छ । हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाखभन्दा धेरै मोबाइल बैंकिङ ग्राहक छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१