close

२२४ स्टार्टअपलाई वाणिज्य बैंकको निःशुल्क तालिम र सहुलियतपूर्ण कर्जा, को को छानिए ?

टेकपाना टेकपाना

बैशाख १६, २०७८ २०:४४

२२४ स्टार्टअपलाई वाणिज्य बैंकको निःशुल्क तालिम र सहुलियतपूर्ण कर्जा, को को छानिए ?

काठमाडौं । सरकारी लगानीको बैंक राष्ट्रिय वाणिज्य बैंकले नवप्रवर्तन प्रस्ताव आह्वान (स्टार्टअप आइडिया कल) अन्तर्गत २२४ जनालाई निःशुल्क तालिमसँगै सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । बैंकले आइडिया कलका लागि सिफारिस भएको नामावली सार्वजनिक गरेको हो ।

बाग्मती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनको सहकार्यमा गत मंसिर २४ मा नवप्रवर्तन प्रस्ताव आह्वान गरिएको थियो । प्राप्त आइडियाहरुमध्ये उत्कृष्ट आइडिया छनौट गरिएको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।

छनौट भएका प्रस्तावकलाई निःशुल्क तालिमका साथै पुरस्कृत गरिने छ भने व्यवसाय गर्नका लागि सहुलियतपूर्ण कर्जा रकम समेत उपलब्ध गराइनेछ । यसबाट उद्यमी बन्नका लागि आवश्यक पूर्ण प्याकेज उपलब्ध हुने बताइएको छ ।

यस्तो छ निःशुल्क तालिम तथा सहुलियतपूर्ण कर्जाका लागि छनौट भएका स्टार्टअप आइडियाकलमा सहभागीहरुको नामावली

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१