close

बेलायतको सडकमा पनि अब ड्राइभरबिनाको कार

टेकपाना टेकपाना

बैशाख १७, २०७८ ११:२२

बेलायतको सडकमा पनि अब ड्राइभरबिनाको कार

काठमाडौं । अहिले विश्वव्यापीरुपमै सेल्फ ड्राइभिङ कारको चर्चा चलिरहेको छ । ठूला ठूला गाडी निर्माता कम्पनी सेल्फ ड्राइभिङ कारकाे निमार्णमा जुटेका छन् । केही कम्पनीले बजारमा आफ्नो उत्पादन सार्वजनिक गरिसकेका छन् ।

कतिपय देशले यस्ता गाडी चलाउने अनुमतिसमेत प्रदान गरिसकेका छन् । यही क्रममा अब बेलायतले पनि सेल्फ ड्राइभिङ कार गुडाउने अनुमति दिने तयारी गरेको छ । त्यहाँकाे सरकारले सन् २०२१ को अन्त्यसम्म सेल्फ ड्राइभिङ कारलाई सडकमा कुद्ने अनुमति दिने भएकाे छ ।

बेलायतको यातायात विभागले अटोमेटेड गाडीका लागि अटोमेटेड लेन किपिङ सिस्टम (एएलकेएस) नीति ल्याउने भएको छ । विभागका अनुसार यसरी स्वचालित गाडीकाे अनुमति प्रदान गर्दा उक्त गाडीको लागि छुट्टै लेन प्रदान गरिने छ ।

यस्ताे प्रणालीमा प्रविधिको माध्यममार्फत गाडीको गति सीमित गरिन्छ । विभागका अनुसार पहिलो चरणमा बढीमा ६० किलोमीटर प्रति घण्टाको गतिमात्रै गाडी कुद्न मिल्ने बनाइने छ ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१