close

छिट्टै निदाउन स्मार्टफोनको नाइट मोडले सहयोग नगर्ने अध्ययनको खुलासा

टेकपाना टेकपाना

बैशाख १७, २०७८ १४:५४

छिट्टै निदाउन स्मार्टफोनको नाइट मोडले सहयोग नगर्ने अध्ययनको खुलासा

काठमाडौं । स्मार्टफाेनमा नाइट टाइम मोडले रातकाे समयमा डिस्प्ले हेर्न आखाँलाई सजिलो बनाउँछ । तर तर यसले चाँडाे निद्रा लगाएर सुत्न सजिलो बनाइदिने विश्वास भने साँचो नभएको नयाँ असुन्धानले देखाएको छ । 

जर्नल स्लिप हेल्थमा ब्रिघाम योङ विश्वविद्यालयले प्रकाशित गरेको एक अध्ययनका अनुसार रातको समयमा नाइट मोड अन गरे पनि, नगरे पनि निद्रामा यसले असर नगर्ने पाइएको हो

अनुसन्धानकर्ताहरुले आईओएसले २०१६ मा आईफोनमा ल्याएको नाइट सिफ्ट फिचरमा केन्द्रित रहेर उक्त अध्ययन गरेक थिए । जब उक्त फिचर टर्न अन हुन्छ, तब तब स्मार्टफोन डिस्प्लेको निलो रंगको प्रकाश, न्यायो प्रकाशमा परिणत हुन्छ भने दिनमा सामान्य रंगमै रहिरहन्छ ।

उक्त फिचरको मुख्य उदेश्य भनेको डिस्प्लेलाई आखाँमैत्री बनाएर निलो प्रकाशको प्रयोगमा कमी गर्नु हो । यसले निद्रामा पनि सकरात्मक असर पार्ने विज्ञहरुले विश्वास राख्दै आएका छन् ।

तर विश्वविद्यालयले १८ देखि २४ वर्षबीचका वयस्कहरुको दुई समूह छुट्टाएर अनुसन्धान गर्दा त्यसले निद्राको गुणस्तर, समय र अवधिमा कुनै असर नगर्ने पाइएको थियो । जसमा एउटा समूहले दैनिक औषत सात घुण्टा सुत्ने गरेका थिए भने अर्को समूहले दैनिक औषत ६ घण्टा भन्दा पनि कम सुत्ने गर्दथे ।

अध्ययनमा फोन नचलाई ८ घण्टा सुत्नेहरुले फोन चलाउनेको तुलनामा गुणस्तरीय निद्रा पाउने गरेको पाइयो । यस्तै छ घण्टा कम सुत्नेहरुमा नाइट मोड टर्न अन र अफ गरिने दुई समूह विभाजन गरिएकाे थियाे । ती दुवैका निद्रामा भने कुनै फरक देखिएको थिएन ।

तर अन्य धेरै अध्ययनहरुमा फोनको निलो प्रकाशले मस्तिष्कको सजगतालाई बढाएर निदाउन अप्ठ्यारो बनाइदिने धेरै प्रमाणहरु पाइएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१