close

पृथ्वीको डिजिटल रूप ‘अर्थ २’, जहाँ बिक्दै छन् डिजिटल जग्गा

टेकपाना टेकपाना

बैशाख १७, २०७८ १५:५०

पृथ्वीको डिजिटल रूप ‘अर्थ २’, जहाँ बिक्दै छन् डिजिटल जग्गा

सतेज रेग्मी/-
काठमाडाैं । पृथ्वीको स्याटेलाइट चित्रलाई धेरैै स-साना वर्गमा टुक्राई , उक्त वर्गहरुलाई जग्गा जसरी किन्न र बेच्न मिल्ने गेम हो, अर्थ २ । यसको यस्तो अनौठो पक्ष देखेर पश्चिमि मूलका युवाहरु यस गेममा आकर्षित बनेका छन् ।

सो डिजिटल जग्गाहरुलाई धेरैले निकट भविष्यका लागि लगानीका रूपमा पनि लिएको पाइन्छ । कम्पनीले आफ्नो गेमलाई ३ चरणमा बाँडेको छ; पहिलो चरणमा यसरी नै पृथ्वीको स्याटेलाइट  चित्रमा विभाजन गरिएको साना-साना वर्गहरु बिक्री हुनेछन् ।

उक्त वर्गहरूको मूल्य भने भौतिक ठाउँअनुसार फरक हुनेछन्, जस्तै अमेरिकी जग्गाहरु महंगा छन् भने अरू देशका सस्ता पनि छन् । कम्पनीले उक्त वर्गहरूको मूल्य कसरी गरिएको छ भनेर चाहिँ खुलाएको छैन ।

दोस्रो चरणमा यदि कुनै ठाउँको भौतिक रूपमा कुनै फाइदा छ भने गेममा पनि फाइदा लिन मिल्ने बनाइने उक्त कम्पनीका एक सदस्यले बताए । जस्तै कसैसँग सुन खानीको माथिको वर्ग छ भने उसलाई गेममा कुनै रूपमा फाइदा हुनेछ ।

त्यसै गरी तेस्रो चरणमा कम्पनीले थ्रीडी प्रविधिको प्रयोग गरी ती जग्गामा निर्माणसमेत गर्न मिल्नेगरी व्यवस्था गरने जनाएको छ । कुनै मान्छेले यस गेमलाई स्क्यामको रूपमा पनि लिएका छन् भने कसैले लगानीको रूपमा । कम्पनीको प्रतिफल त आउने भविष्यले देखाउने नै छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१