close

घरको वाईफाई सुरक्षित रूपमा प्रयोग गर्न चाहनुहुन्छ ? जानिराख्नुहोस् प्राधिकरणका टिप्स

टेकपाना टेकपाना

बैशाख १७, २०७८ १७:१२

घरको वाईफाई सुरक्षित रूपमा प्रयोग गर्न चाहनुहुन्छ ? जानिराख्नुहोस् प्राधिकरणका टिप्स

काठमाडौं । घरमा इन्टरनेट जोडेपछि सेवाप्रदायकसँग एडमिन युजरनेम र पासवर्ड मागेर परिवर्तन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको छ ।

घरको वाईफाईलाई सुरक्षित बनाउन प्राधिकरणले प्रयोगकर्ताहरुलाई सार्वजनिक सूचनामार्फत विभिन्न उपायहरुबारे सुसूचित गराएको हाे ।

यसबाहेक वायरलेस होम नेटवर्कको डिफल्ट एसएसआईडी परिवर्तन गरी वाईफाईको बलियो पासवर्ड राख्न, होम वाईफाईको एसएसआईडी अरुले पहिचान गर्न नसकून् भनी एसएसआईडीलाई लुकाउन पनि प्राधिकरणले सुझाव दिएको छ ।

प्रयोगकर्ताले नेटवर्क इन्क्रिप्सनमा WPA2 वा WPA3 लाई छनौट गरी कन्फिगर गरे वाईफाई सुरक्षित हुने प्राधिकरणले बताएको छ ।

साथै वायरलेस राउटरको सफ्टवेयरलाई नियमित अद्यावधिक हुने गरी कन्फिगर गर्न, घरेलु वाईफाई प्रयोग भइरहेको उपकरणहरुको म्याक एड्रेसलाई बाइन्ड गरी वाईफाई प्रयोग गर्ने सुरक्षित उपाय अपनाउन प्राधिकरणको अपिल छ ।

वाईफाई प्रयोग नगरेको अवस्थामा राउटरको स्वीच अफ गर्न प्राधिकरणको सुझाव छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१