close

यसकारण यो हाँस इन्टरनेटमा भाइरल भइरहेको छ

टेकपाना टेकपाना

बैशाख १७, २०७८ १७:५९

यसकारण यो हाँस इन्टरनेटमा भाइरल भइरहेको छ

काठमाडौं । हाल इन्टरनेटमा ‘लङ बोइ’ नाम गरेको एउटा हाँस भाइरल भइरहेको छ । गएकाे बिहीबार इङल्याण्डस्थित योर्क विश्वविद्यालयका केही विद्यार्थीहरुले विश्वविद्यालय नजिक रहेको उक्त हाँसको फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

याे हाँसको गर्धन अन्य सामान्य हाँसको तुलनामा निकै लामो र अग्लो थियो । लगत्तै एक व्यक्तिले उक्त हाँस अहिलेसम्मकै सबैभन्दा अगलो मलार्ड हाँस भनेर ट्वीट गरेपछि हाल सो हाँस इन्टरनेटभर भाइरल बनेको छ ।

रेडिटमार्फत विद्यार्थीहरुले सार्वजनिक गरेको तस्वीरमा देखापरेको हाँस विश्वकै अग्लो वा लामो गर्धन भएको हाँस भने होइन । यद्यपि हाँस भाइरल बनेपछि त्यसको इन्स्टाग्राम अकाउन्ट पनि बनाइएको छ ।

हाँसको आधिकारिक इन्स्टा अकाउन्टमा त्यो मलार्ड र इन्डियन रनर पंक्षीबीचको हाइब्रिड प्रजाति भएको बताइएको छ । 

उक्त इन्स्टाग्राम अकाउन्ट लङ बोइ योर्कको नाममा सोही हाँसको तस्वीर प्रयोग गरी हाल योर्क विश्वविद्यालयका विद्यार्थीहरुले प्रयोग गरिरहेका छन् ।

ट्वीटमा हाँसको उचाइ साढे तीन फीट भएको बताइए पनि विद्यार्थीहरुले उक्त हाँस शाेको स्टार भएको तर, त्यसको लम्बाइको मापन गलत गरिएको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१