close

आईओएस १४.५ अपडेट गर्न हतार गर्दै हुनुहुन्छ ? पर्खनुहोस् !

टेकपाना टेकपाना

बैशाख १८, २०७८ ९:३

आईओएस १४.५ अपडेट गर्न हतार गर्दै हुनुहुन्छ ? पर्खनुहोस् !

काठमाडौं । लामो समय बेटा लञ्चमै अडिएपछि एप्पलले भर्खरै आईओएस १४.५ र आईप्याड ओएस १४.५ अपडेट सार्वजनिक गरेको छ । ती दुबै अपडेट गत सोमबारदेखि लाइभ भएका छन् ।

नयाँ अपडेटमा नयाँ सिरी भ्वाइस तथा फेन्सी न्यू फेस आईडी जस्ता फिचरहरु थप भएका छन् । जसको सहायताले अनुहारमा मास्क लगाएको समय पनि आईफोन अनलक गर्न सकिन्छ ।

यी सबै फिचरबाट थाहा पाएर तपाईं पनि आफ्नो आईफोन र आईप्याडमा लेटेस्ट सफ्टवेयर अपडेट गर्न आत्तुर हुनुहुन्छ होला । तर हतारमा गरेको अपडेटले कहिलेकाहिँ फाइदाको तुलनामा समस्या र टाउको दु:खाई धेरै निम्त्याउँछ ।

यसैले आईओएस १४.५ लाई अहिले नै आत्तिएर अपडेट गर्नुको सट्टा केही दिन पर्खनु अति उत्तम हुनेछ । आईफोन र आईप्याडको अपडेट बटन दबाउनुअघि पर्खनु किन उपयुक्त छ भन्ने विषयमा आज हामी तपाईंहरुलाई दुई मूख्यका कारण बताउने छौं । 

अपडेटमा हानिकारक बग हुन सक्छन् 

सफ्टवेयर अपडेट गर्दा माल्वेयरहरु इन्स्टल हुने घटना हामीले देख्दै र सुन्दै आइरहेका छौं । कहिलेकाहिँ नयाँ अपडेट इन्स्टल गर्दा आईफोन र आईप्याडका सबै डेटा हराएर जाने कुराहरु पनि हामीले सुन्दै आइरहेका छाैं ।

२०१६ मा एप्पलले ल्याएको यस्तै अपडेटले आईप्याड प्रोलाई ध्वस्त बनाएको थियो । यसैले तपाईंले पनि यो अपडेटलाई इन्स्टल गर्नुभयो भने रोलिङ ब्याकको प्रक्रिया त्यति सजिलो हुने छैन ।

यसैले नयाँ अपडेट इन्स्टल गर्नुअघि करिब एक हप्ता वा एक महिना जति पर्खनुहोस् । कुनै समस्या रहेछन् भने बााहिर आउने छन् । 

सार्वजनिक गर्ने दिन सबै डेभलपर तयार हुँदैनन्

नयाँ सफ्टवेयर अपडेट गरिरहँदा समस्या आउनुको एउटा मुख्य कारण भनेको एपहरु अपडेटका लागि अप्टिमाइज नहुनु पनि हो ।

एप्पलले आईफोन वा आईप्याडको अन्डरलायिङ कोडहरुमा परिवर्तन गरेको हुन्छ जसलाई डेभलपरहरुले पनि अडप्ट गर्नुपर्ने हुन्छ । यदि ती परिवर्तनले राम्रो काम गर्छ भनेर सुनिश्चित गर्न डेभलपरहरुले पर्याप्त समय पाए भने समस्या नआउन सक्छ ।

तर यो एउटा सामान्य नियम मात्र हो । कहिलेकाहिँ अपरेटिङ सिस्टम अपडेट हुँदा एप पूर्णरुपमा ध्वस्त समेत हुने गरेका छन् । जबसम्म डेभलपरहरुसँग आईओएस १४.५ अप्टिमाइज एप तयार हुँदैनन् ।

यद्यपि तपाईं कुनै पनि हालतमा एप्पलको नयाँ सफ्टवेयर अपडेट गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो डिभाइसका सम्पूर्ण डेटाको ब्याकअप भएको कुरा सुनिश्चित गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१