close

नयाँ स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् रियलमीका उपयुक्त ५ मोडल

टेकपाना टेकपाना

बैशाख १९, २०७८ १७:३

नयाँ स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् रियलमीका उपयुक्त ५ मोडल

काठमाडाैं । नयाँ स्मार्टफोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने बजारमा तपाईंका लागि धेरै विकल्प छन् । यसअन्तर्गत रियलमीका स्मार्टफाेन विभिन्न सिरिज र मूल्यमा उपलब्ध छन् ।

नम्बर सिरिजदेखि सी सिरिजसम्मको यात्राका दौरानमा इन्ट्री लेभलका स्मार्टफोनदेखि मिडरेञ्ज उपकरणहरुको उत्पादन कम्पनीले गर्दै आएको छ ।

‘उन्नतिदेखि चुनौतीसम्म’ को मूल एजेण्डासहित मोबाइल फोनको क्षेत्रमा बजार विस्तार गरिरहेकाे रियलमी प्रयोगकर्ताका लागि वैकल्पिक ब्राण्ड बन्न सक्छ । र, याे ब्राण्डका फाेन किन्ने साेचमा हुनुहुन्छ भने यी स्मार्टफोन माेडल उत्तम हुन सक्छन् :

रियलमी सेभेन सिरिज (रियलमी सेभेन र सेभेन आई)
रियलमी सेभेन र सेभेन आई दुवै स्मार्टफोनलाई बजारमा रुचाइएकाे छ । कम्पनीका अनुसार बेस्ट सेलरका रुपमा यसका हजारौं मोबाइल सेट बिक्री भएका छन् र प्रयोगकर्ताले राम्रै प्रतिक्रिया दिएका छन् ।

रियलमीका यी फोन ८ जीबी  र्‍याम, १२८ जीबी फोन मेमोरी र शक्तिशाली ब्याट्री प्रदर्शनका साथ उपलब्ध छन् । यसैगरी यीनमा तीव्र चार्जिङ प्रविधि पनि छ, जसकारण केबल २६ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सम्भव छ, जुन एकदमै उपयोगी छ रहेकाे कम्पनीकाे दाबी छ ।

यसको प्रदर्शन अर्को उत्कृष्ट पक्ष हो, जसले प्रयोगका क्रममा आनन्ददायी अनुभूति दिन्छ, हेलियो जी ९५ चिपसेटद्वारा सञ्चालित यो फोन उत्कृष्ट प्रदर्शनीका साथ फोन बिक्री हुनेमा सातौँ बेस्ट सेलर फोन हो ।

क्यामेरा अर्को पक्ष हो, जसले यस सिरिजको श्रृङ्खलामा रियलमीलाइ उत्कृष्ट बनाएको छ । यसमा प्रयोग भएको ६४ एमपी सेन्सर क्यामेराले फराकिलो कोणका साथ सर्वश्रेष्ठ तस्वीर खिच्ने कम्पनीकाे दाबी छ ।

यसमा रहेको स्टेरी मोड रातिको समयमा ताराहरुले भरिएको आकाशको सुन्दर तस्वीर निकाल्छ, जुन एस्ट्रो फोटोग्राफी अल्गारिदमद्वारा सञ्चालित छ ।

रियलमी सेभेनको मूल्य ३५ हजार ९९० र रियलमी सेभेन आईको मूल्य २९ हजार ९९० रहेको छ ।

रियलमी सी सिरिज (सी ११, सी १२, सी १५०
सी सिरिजको उत्पादनदेखि रियमीले सधैं प्रवेशस्तरको स्मार्टफोन सेग्मेन्टमा अतिरिक्त फिचर थप्दै आएको छ । नेपालमा उपलब्ध सी सिरिजका सी ११, सी १२ र सी १५ गरी तीनवटै स्मार्टफोन गेमिङ क्षमताका लागि उत्कृष्ट हेलियो जी ३५ चिसपेटद्वारा सञ्चालित छन् ।

realme smartphones

अनलाइन कक्षादेखि अनलाइन गेम प्रयोजनका लागि यी मोबाइल फोन उत्कृष्ट छन् । रियलमीका तीन सिरिज ६.५ इन्च मिनी ड्रप पूर्ण स्क्रिन डिस्प्लेमा उपलब्ध छन् ।

५ हजार एमएएचकाे ठूलो ब्याट्रीका साथ रियलमी सी ११, ६ हजार एमएच ब्याट्रीका साथ सी ११ र तीव्र चार्जिङ क्षमताका साथ ६ हजार एम एच् ब्याट्रीकै साथ सी १५ सिरिजका फोन उपलब्ध छन् ।

उत्कृष्ट क्यामेराको खोजी गर्नेका लागि यी फोन उपयुक्त हुनसक्छ । सी ११ मा एआई डुअल क्यामेरा, सी १२ मा एआई लेन्स सेटअपसहितको ट्रिपल क्यामेरा र सी १५ मा एआई असीमित आनन्दका साथ चार वटा एआई क्यामेरा राखिएको छ ।

यी तीनवटै मोबाइलमा नाइट स्केप मोड रहेको छ, जसले रातमा खिचिएका फोटो र भिडियोलाई सुन्दर बनाउने तर्क कम्पनीकाे छ । तीनवटै फोन एआई फ्रन्ट क्यामेरा, डुअल सीम कार्ड र मेमोरी कार्डका लागि ट्रिपल कार्ड स्लट, वाटरप्रुफ तथा ज्यामेटिय ग्रेडियन्ट डिजाइनमा निर्माण गरिएका छन् ।

रियलमी सी १२ र सी १५ फिङ्गरप्रिन्ट सेन्सरका साथ उपलब्ध रहेकोमा सी ११ फेस अनलकसहित उपलब्ध छन् ।

२ जीबी र्‍याम र ३२ जीबी स्टोरेजसहित सी ११ फोन १४ हजार ९९० रूपैयाँमा, ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेजसहित सी १२ फोन १६ हजार ९९० रूपैयाँमा र ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेजसहित सी १५ फोन १८ हजार ५९० रूपैयाँमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१