close

चर्चित एपहरू नै प्रयोगकर्ताको अनावश्यक डेटा संकलन गर्दै

टेकपाना टेकपाना

बैशाख १८, २०७८ १५:५७

चर्चित एपहरू नै प्रयोगकर्ताको अनावश्यक डेटा संकलन गर्दै

काठमाडौं । आवश्यकताभन्दा बढी प्रयोगकर्ताको डेटा संकलन गर्ने एपमाथि चिनियाँ सरकारले चेतावनी दिएकाे छ । बैडु, टेन्सेन्ट होल्डिङ लगायतका कम्पनीले निर्माण गरेका चीनका चर्चित एप समेत याे सूचीमा छन् ।

चीनकाे साइबर स्पेस एड्मिनिस्ट्रेसनले शनिबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । उसले ३३ वटा एपले सरकारी नीतिको उल्लंघन गर्दै प्रयोगकर्ताको आवश्यकभन्दा बढी डेटा संकलन गरिरहेको बताएको छ । यसरी संकलन गरिएका डेटा उनीहरुको सर्भिस सञ्चालनका लागि कुनै आवश्यक नै नभएको समेत जनाइएको छ ।

त्यसरी सर्भिस सञ्चालनका लागि आवश्यक नै नपर्ने डेटा संकलन गर्नु सरकारको नीति भन्दा बाहिरको कुरा भएकोले तत्कालै सच्चिनका लागि आग्रह गरेको छ । यतिसम्म कि यस्ता एपले प्रयोगकर्ताको डेटा ग्राहकको अनुमतिबिनै संकलन गरिरहेको समेत उल्लेख गरिएको छ ।

यसरी नीति उल्लंघन गर्नेमा म्याप नेभिगेशन एपसमेत रहेको छ । भने, बैडु, टेन्सेन्ट, क्युक्यु लगायतका रहेका छन् । उनीहरुलाई साइबर स्पेस एड्मिनिस्ट्रेसनले सच्चिनका लागि १० दिनकाे अवधि दिएको छ ।

उक्त अवधिमा आवश्यक रुपमा समस्या समाधान गर्नुपर्ने जनाइएको छ । यदि त्यसाे नएकाे खण्डमा जरिवानाका साथै सेवा बन्दसमेत गर्न सक्ने जनाइएको छ ।

यसअघि साइबर स्पेस एड्मिनिस्ट्रेसनले गएको मार्चमा मोबाइल एप डेभलपरहरुले अनावश्यक डेटा संकलन गर्न नपाउने नीति ल्याएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१