close

बेजोसको चुनौतीका कारण मस्कले पाएको नासाको परियोजना रोक्का

टेकपाना टेकपाना

बैशाख १८, २०७८ १७:४

बेजोसको चुनौतीका कारण मस्कले पाएको नासाको परियोजना रोक्का

काठमाडाै । एलान मस्ककाे कम्पनी स्पेसएक्सले पाएकाे लुनार ल्याण्डिङ सिस्टम निर्माण परियाेजनाकाे ठेक्का नासाले राेक्का गरेकाे छ ।

परियाेजनाकाे बिडमा प्रतिस्पर्धा गरेका दुई कम्पनी डाइनेटिक्स र जेफ बेजाेसकाे कम्पनी ब्लु ओरिजिनले नासाकाे निर्णयमाथि पुनारावलाेनकाे माग गर्दै अमेरिकी सरकारकाे अकाउन्टेबिलिटी कार्यलयमा निवेदन दिएपछि याे परियाेजना ठेक्का हाललाई राेक्का गरिएकाे हाे ।

ठेक्का राेक्का भएका कारण स्पेसएक्सले काम अगाडि बढाउन पाउने छैन । नासाले दुई अर्ब ९० कराेड डलरकाे उक्त परियाेजना ठेक्का दुई हप्ताअघि मात्र स्पेसएक्सलाई सुम्पिएकाे हाे ।

नासाले बिड प्रतिस्पर्धामा पक्षपाती ढङ्गले स्पेसएक्सलाई ठेक्का सुम्पिएकाे दुई कम्पनीकाे आराेप छ । साेही विषयलाइ लिएर केही दिनअघि ट्वीटरमार्फत मस्कले जेफमाथि ब्यङग्य समेत गरेका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१