close

सोसल मिडियामा नेतालाई प्रतिबन्ध गरे जरिवाना !

टेकपाना टेकपाना

बैशाख १८, २०७८ १९:३३

सोसल मिडियामा नेतालाई प्रतिबन्ध गरे जरिवाना !

काठमाडौं । अमेरिकामा राजनीतिज्ञलाई डिप्लेटफर्मिङ अर्थात् राजनीतिक प्रयोजनका लागि कुनै पनि टेक प्लेटफर्म प्रदान नगर्ने कम्पनीहरुलाई रोक्ने तयारी गरिएकाे छ ।

फ्लाेरिडा राज्यमा नेतालाई प्रतिबन्ध गर्ने साेसल मिडियामाथि जरिवाना लगाउनेसम्मकाे विधेयक दुवै सदनबाट अनुमोदन भएकाे हाे ।

उक्त बिलमा अब पूर्व राष्ट्रपति डाेनाल्ड ट्रम्पका समर्थक गभर्नर रोन डिस्यानटिसले हस्ताक्षर गर्न बाँकी छ ।

याे बिलअनुसार प्लेटफर्महरुलाई राजनीतिज्ञको अकाउन्ट निलम्बन गर्ने अधिकार त छ, तर अकाउन्टलाई १४ दिनपछि अनिवार्य पुनर्स्थापित गर्नुपर्नेछ ।

उक्त विधानविपरित अकाउन्टलाई स्थायीरुपमा निलम्बन गर्ने कम्पनीहरुले नियम उल्लंघन गरेको आधारमा दैनिक साढे २ लाख डलरको जरिवाना तिर्नुपर्नेछ ।

इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रतालाई सम्वर्द्धन गर्ने समूह ‘नेट च्वाइस’ ले गत महिना उक्त विधेयकविरुद्ध टेस्टिफाई गरेको थियो ।

गत जनवरीमा भएको क्यापिटल हिल दंगापछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटर, फेसबुक र युट्युबले प्रतिबन्ध लगाएका थिए । त्यसयता यो विधेयक सतहमा आएको हो ।

बहिगर्मनपछि डोनाल्ड ट्रम्प आफ्नो अधिकतम समय फ्लोरिडामा गभर्नर डिस्यान्टिसको निकट भएर बितारहेका छन् ।

यद्यपि केही आलोचकहरुले भने उक्त कानूनले नराम्रो परिणाम ल्याउनसक्ने चेतावनी दिएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१